केपी ओली कप

केपी ओली कपः आर्मी सेमिफाइनलमा

फाइल फोटो

काठमाडौं । न्युरोड टिम (एनआरटी) लाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा आर्मी सफल भयो ।

पेनाल्टीमा आर्मीका जगजित श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले गोल गरे ।  एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र विक्रम धिमाल सफल हुँदा स्पेफन जुनियर एनगुमबोउस चुके ।

स्टेफेनको पेनाल्टी प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए ।  

त्यसअघि खेलको ३२ औं मिनेटमा लालनुन्जामा कोल्नेले गोल गर्दै एनआरटीलाई  अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा एनआरटीका कप्तान विक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी  १-१ को बाराबरीमा आएको थियो ।

अब आर्मीले फागुन १४ गते हुने पहिलो सेमिफाइनलमा सातदोबाटो युथ क्लबको सामना गर्नेछ । सातदोबाटो  विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले हराउँदै सेमिफाइन्ल प्रवेश गरेको हो ।