बार्सिलोना

युनाइटेडसँगको हारले लिगलाई असर गर्दैनः बुस्केटस

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका बार्सिलोनाका रक्षक सर्जियो बुस्केटसले युरोपा लिगबाट बाहिरिँदा टोलीलाई केही निरास बनाएको भए पनि यसले घरेलु लिगको प्रदर्शनमा कुनै असर नगर्ने बताएका छन् ।

युरोपा लिग अन्तर्गत अन्तिम ३२ को दोस्रो लेगमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा २-१ ले पराजित हुँदा बार्सिलोना बाहिरिएको थियो ।

समग्रमा युनाइटेड ४-३ ले विजयी भएको हो । पहिलो लेगमा दुवै टोलीले २-२ को बराबरी खेलेका थिए ।

‘हामी घरेलु लिगमा राम्रो गरिरहेका  छौं । युरोपियन प्रतियोगिताको कुरा गर्दा केही कमजोर देखियौं,’ बुस्केटसले भने,‘युनाइटेडसँगको हारले केही निरास बनाएको छ । तर,मलाई विश्वास छ यसले टोलीको प्रदर्शनलाई कुनै असर गर्नेछैन।’

युरोपियन प्रतियोगितामा निरासाजनक प्रदर्शन गरेको बार्सिलोना स्पेनिस ला लिगा, कोपा डेर रेको उपाधि जित्ने लक्ष्यमा छ ।

ला लिगमा बार्सिलोनाले साबिक विजेता रियाल मड्रिडसँग आठ अंकको स्पस्ट अग्रता लिएको छ ।

यसैगरी कोपा डेल रेको सेमिफाइनलमा पनि बार्सिलोनाले रियालको नै सामना गर्दैछ । सेमिफाइनलको पहिलो लेग मार्च तीन तथा  दोस्रो लेग अप्रिल ६ मा हुनेछ ।