फ्रेन्च लिग वान

पिएसजीको रोमाञ्चक जित

काठमाडौं । अन्तिम समयतिर लियोनल मेसीले गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले आइतबार सम्पन्न खेलमा लिलमाथि ४-३ को रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा खेलको ११ औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । १७ औं मिनेटमा नेइमारले टोलीको अग्रता दोब्बर बनाए ।

२४ औं मिनेटमा बाफोडे डियाकिटले गोल गर्दै लिललाई २-१ को स्थितिमा ल्याए । जोनाथन डेभिडले ५८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा लिल २-२ बराबारीमा आयो ।

६९ औं मिनेटमा जोनाथन बाम्बाले गोल गर्दै लिललाई ३-२ ले अगाडी बढाए । ८७ औं मिनेटमा एमबाप्पेले ब्यक्तीगत दोस्रो गोल गर्दा पिएसजी ३-३ स्थितीमा आएको थियो ।

इन्जुरी समयमा मेसीले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै पिएसजीलाई ४-३ को रोमाञ्चक दिलाए ।

यस जितसँगै २४ खेलमा ५७ अंक जोडेको पिएसजी शीर्ष स्थानमा कायम रहँदा पराजय ब्यहोरेको लिल ४१ अंकका साथ छैटौं स्थानमा छ ।