इङ्लिस प्रिमियर लिग

लेस्टरमाथि युनाइटेडको सहज जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीमाथि ३-० को सहज जित निकालेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्डले दुई तथा जाडोन सान्चोले एक गोल गरे ।

खेलको २५ औं मिनेटमा रासफोर्डको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ५६ औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

६१ औं मिनेटमा सान्चोले गोल गरेपछि युनाइटेडले ३-० को सहज जित निकाल्यो ।

यस जितसँगै २४ खेलमा ४९ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा रहँदा पराजय ब्यहोरेको लेस्टर २३ खेलबाट २४ अंकका साथ १४ औं स्थानमा छ ।