कराते

एसियन गेम्सका लागि करातेको प्रारम्भिक छनोट सम्पन्न

काठमाडौं ।  चीनमा आयोजना हुने एसियन गेम्सका लागि करातेको प्रारम्भिक खेलाडी छनोट आइतबार सम्पन्न भएको छ ।

सातदोबाटोस्थित कराते एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट चीनमा आयोजना हुने एसियन गेम्सका लागि प्रारम्भिक चरणमा महिला तथा पुरुषको समान ६ गरी १२ तौल समूह तथा काताबाट ४८ जना खेलाडी छनोट भएका छन् ।

महिला ६१ केजीमा एपिएफकी रमिता माझी, पुलिसकी सोनी राई, आर्मीकी निरुपा तामाङ र पुलिसकी आर्मीला डिसी छनोट भएका छन् ।

महिला ६८ केजी मुनिमा एपिएफकी डायना ओझा, बागमतीका बिनिता श्रेष्ठ, श्रद्दा थापा र  आशिका राई छनोट भए ।  

महिला ६८ केजी माथिमा पुलिसकी अरिका गुरुङ, बागमतीका रोजिता ढुंगेल, महिमा राई र लुम्बिनीका दिया थापा छनोट भएका छन् ।  

महिला ५० केजीमा बागमतीकी अन्जली महर्जन, आर्मीकी मिस्ली श्रेष्ठ, बागमतीकी नानु शाक्य र पुलिसकी सबिना श्रेष्ठ छनोट हुँदा ५५ केजीमा पुलिसकी जिया कार्की, गण्डकीकी अनु गुरुङ,आर्मीका सानु माया थिङ र सुदुरपश्चिमकी पुस्पा मदाई छनोट भए  ।  

पुरुष ६० केजीमा पुलिसका सोनाम लामा, आर्मीका विजय रिमाल, एपिएफका सुबिन खत्री र बागमतीका रिकेश भण्डारी छनोट भए ।  

पुरुष ६७ केजीमा बागमतीका एलोन श्रेष्ठ, पुलिसका सन्तोष श्रेष्ठ, आर्मीका कृतन महर्जन र बागमतीका अमृत थोकर तथा ७५ केजीमा एपिएफका सुवास घतानी, गण्डकीका सज्वल बुढाथोकी, आर्मीका किरण पुन र प्रदेशण् एक का रुरीहाङ दुमी छनोट भएका छन् ।    

पुरुष ८४ केजी मुनिमा एपिएफका मोहमद शेख आलम, बागमतीका आशिष थापा,प्रदेश–एकका ईश्वर धन राई र आर्मीका सुरेश जाप्रेल छनोट हुँदा ८४ केजी माथिमा पुलिसका विप्लबलाल श्रेष्ठ, एपिएफका डिगम्बर पन्त, आर्मीका विपिन राज सिंह दर्जी र बागमतीका सुमोन ब्लोन छनोट भए ।    

छनोट अन्तर्गत शनिबार एकल काता पुरुष, महिला र पुरुष ६० केजी तौल समूहको छनोट भएको थियो ।

पुरुष एकल काताबाट एपिएफका स्वर्निभ मानन्धर, पुलिसका प्रविन मानन्धर, महशुस मोक्तान र बागमतीका रेहन जावेद छनोट भएका थिए ।

महिला एकल कातामा पुलिसका चन्चला दनुवार, सरु कार्की, कर्णालीकाी एलिसा मगर र आर्मीका रिना श्रेष्ठ छनोट भएका थिए ।

त्यस्तै पुरुष ६० केजीमा पुलिसका सोनाम लामा, आर्मीका विजय रिमाल, एपिएफका सुबिन खत्री र बागमतीका रिकेश भण्डारी छनोट भएका थिए ।

एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर आठ सम्म चीनको होङजाउमा आयोजना हुदैछ ।

नेपालबाट एसियन गेम्समा करातेसहित २३ खेल समावेश गरिएको छ ।