लिभरपुल

लिभरपुलका स्ट्राइकर नुनेज घाइते

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका स्ट्राइकर डार्विन नुनेज घाइते भएका छन् ।

प्रशिक्षक योर्गेन क्लोपले स्ट्राइकर नुनेजको काँधमा समस्या देखिएको बताएका हुन् । नुनेज  न्युक्यासल युनाइटेडविरुद्धको  खेलमा घाइते भएको क्लोपले बताए । 

लिभरपुलले शनिबार राति सम्पन्न खेलमा न्युक्यासललाई २-० ले पराजित गरेको थियो । लिभरपुलको जितमा नुनेज र कोडी गाक्पोले समान एक गोल गरेका थिए ।

१० औँ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नाेल्डको पासलाई सदुपयोग गर्ने क्रममा क्रियन ट्रिपियरले ट्याकल गर्दा नुनेजको काँधमा समस्या देखिएको थियो ।

५९ औं मिनेटमा नुनेजको स्थानमा रोर्बटो फिरिमिनो मैदान प्रवेश गरेका थिए ।

क्लाेपले भने, ‘दु:खको कुरा नुनेजको काधँमा समस्या देखिएको छ । काधँमा समसया आएपछि उनी मैदान बाहिर जान परेको थियो । यो हाम्रो लागि पिडादायी अवस्था हो ।  आशा गरौँ, यो कुनै ठुलो समस्या नहोस् ।’

नुनेज पोर्चुगिज क्लब बे्रन्फिकाबाट ८५ मिलियन पाउन्डमा लिभरपुलमा अनुबन्धित भएका थिए । उनले यस सिजन प्रिमियर लिगमा १७ खेल खेल्दै ६ गोल गरिसकेका छन् ।
 

युरोपियन फुटबल महसंघ (युइएफए) च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले अन्तिम १६ को पहिलो लेगमा रियाल मड्रिडसँग बुधबार (फेब्रुअरी २१) मा प्रतिस्पर्धा गर्दैछ ।