काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा हुने भएको छ ।
एसियन क्रस कन्ट्री च्याम्पियनसिप दोस्रो पटक नेपालमा हुने लागेको हो । यसअघि नेपालले सन् १९९९ मा यो प्रतियोगिता आयोजना गरेकाे थियाे।
आयोजनक नेपाल एथलेटिक्स संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगमी फागुन २३ गते हुने जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालसहित ४० देखि ४५ राष्ट्रका करिब चार सय ५० खेलाडीको सहभागिता हुने आयोजकले बताएको छ ।
गोकर्ण फरेस्ट रिसोर्ट परिषरमा हुने प्रतियोगिमा पुरुष तथा महिलातर्फ १० कि.मि., २० वर्ष मुनी पुरुषतर्फ आठ तथा महिलातर्फ ६ कि.मि. गरी चार विधामा व्यक्तिगत तथा टीम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता आयोजनका लागि तीन करोड, ६५ लाख, ५५ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
