ए डिभिजन लिग

जावलाखेलको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ नियुक्त

काठमाडौं । सुनिल श्रेष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिगको  क्लब जावलाखेल युथ क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

जावलाखेलले सामाजिक संजाल फेसबुकमार्फत नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

डबल राउण्ड रोबिन पद्धतीमा हुने नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । जावलाखेलले फागुन २१ मा साबिक विजेता मछिन्द्र क्लबसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।

यसैगरी जावलाखेलले सहायक प्रशिक्षकमा नरेश थापालाई नियुक्त गरेको छ ।