घाना

ह्युजटन घानाको मुख्य प्रशिक्षकमा नियुक्त

पेरिस । घानाले आइतबार क्रिस ह्युजटनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

ओटो एडोको बर्हिगमनपछि घाना मुख्य प्रशिक्षकविहिन हुँदै आएको थियो । एडोको प्रशिक्षणमा घानाले कतार विश्वकप २०२२ खेलेको थियो । 

समूह एच मा रहेको घानाको यात्रा समूह चरणमा सीमित भएको थियो । समूह चरणबाट बाहिरिएपछि एडोले राजिनामा दिएका थिए ।

ह्युजटन गत फेब्रुअरीबाट घानाको राष्ट्रिय फुटबल टोलीमा टेक्निकल एड्भाइजरको रुपमा रहँदै आएका थिए ।

६४ वर्षका ह्युजटनले यसअघि इङ्लिस प्रिमियर लिगको क्लब न्युक्यासल युनाइटेड, नर्विच सिटी र ब्राइटनको प्रशिक्षण सम्हालिसकेका छन ।
ह्युजटनले अफ्रिका कप अफ नेसन्सको छनोटमा आगामी महिना एनगोलोविरुद्धको खेलसँगै औपचारिक घानाको प्रशिक्षण सम्हालेनछन ।