स्पेनिस ला लिगा

बार्सिलोनामै रहन अल्बा तलब कटौती गर्न तयार

काठमाडौं । रक्षक जोर्डी अल्बाले स्पेनिस क्लब बार्सिलोनामा रहन तलब कटौती गर्न पनि तयार रहेको बताएका छन् ।

स्पेनिस ला लिगाले बार्सिलोनालाई आगामी सिजन खेलाडीहरुको तलबमा दुई सय मिलियन पाउन्ड कटौती गर्न निर्देशन दिएको छ । त्यसैले बार्सिलोनाले आगामी सिजन धेरै खेलाडीलाई रिलीज गर्ने सम्भावना छ ।  

अनुभवी खेलाडी अल्बालाई पनि क्लबले अन्यत्र जान दिने अनुमान गरिएको छ । तर, ३३ वर्षीय अल्बा भने बार्सिलोनामै रहन चाहन्छ । यसका लागि उनी आफ्नो तलब कटौती गर्न तयार भएका हुन् ।

‘म बार्सिलोनामै बस्न चाहन्छु । मेरो सम्झौता २०२४ जुनसम्म छ । त्यसैले मेरो प्राथिमकता सम्झौता नसकुन्जेल क्लबमा बस्ने हो,’अल्बा ले भने,‘यदी बार्सिलोनाले मलाई तलब कटौतीको बारे सोध्छ भने म त्यो कुरा सहजै स्वीकार्नेछु । म अहिले बार्सिलोनामा खुसी छु । जब मलाई बार्सिलोना जस्तो क्लबमा रक्षक बन्न लायकको छैन जस्तो लाग्छ त्यतिबेला म आफै क्लब छाड्नेछु ।’

सन् २०१२ अर्को स्पेनिस क्लब भ्यालेन्सियाबाट बार्सिलोना भित्रिएका अल्बाले क्लबका लागि तीन सय तीन लिग खेल खेल्दा १६ गोल गरेका छन् ।