सहिद स्मारक‘ए’ डिभिजन लिग

दीपेशले मछिन्द्रबाट ‘ए’ डिभिजन लिग खेल्ने

काठमाडौं । दीपेश घले सहिद स्मारक‘ए’ डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबमा अनुबन्ध भएका छन्

मछिन्द्रले बुधबार दीपेशलाई यस सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ ।

नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । मछिन्द्रले फागुन २१ मा जावलाखेल युथ क्लबसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।

यसअघि मछिन्द्रले फरवार्ड विजय भुजेल, मिडफिल्डर पुजन उपरकोटी, रक्षक निसेन सुब्बा, फरवार्ड सौरभ लिम्बु, दिवाकार चौधरी र प्रशान्त अवस्थीलाई अनुबन्ध गर्दा राष्ट्रिय टोलीका रक्षक देवेन्द्र तामाङ, फरवार्ड विमल घर्ति मगर, मिडफिल्डर सुजल श्रेष्ठ, अविशेक गुरुङ र उत्सव राईसँगको सम्झौता नवीकरण गरेको थियो ।

अघिल्लो सिजन मछिन्द्रबाट खेलेका सुनिल बल, मनिष डाँगी लगायतका खेलाडीले भने क्लब छाडेका छन् ।