चैत्र १८, २०८२ बुधबार | ११:४६:५३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

आइटिएफ वर्ल्ड टुरः अकी र आरभको जोडी सेमिफाइनलमा

फाइल तस्बिर

काठमाडौं । नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आइटिएफ वर्ल्ड टेनिस टुर जे ६०सर्किट-टु अन्तर्गत ब्वाइज डबल्सको  सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सर्किट-एक का विजेता अकी र आरभको जोडीले बुधबार अमेरिकाका मानव हरिराज र ताइपेईका काइ एन वुको जोडीलाई ६-१ र ६-४ को सोझो सेटमा पराजित गरे ।

भारतका प्रणव कोराडे र स्मिट निलेशभाइ पटेल, भारतका सेहजसिंह पवार र देबशिष साहु तथा चीनका वेन्बो बाइ र फान्मिङ मेङको जोडी पनि सेमिफाइनलमा पुगेका छन्।

गर्ल्स डबल्समा भारतका अनुष्का भोला र मेहक कपुर, भारतकी रजा किलारु र चीनकी झाङ क्विन वेइ, मंगोलियाका दिदीबहिनी मार्ता र मराल्गु चोक्सोम्जाभ तथा बेल्जियमका क्यामिली फिसेट र रुसकी मिलिना शुब्खानकुलोभाको जोडी सेमिफाइनलमा पुग्न सफल भए ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा चीनका वेन्बो, भियतनामका फाम ला होङ र रान क्वेक कुङ, भारतका प्रत्यश, देवशिष र सेहज तथा ताइपेईका काइ इन याङले क्वाटरफाइनल यात्रा तय गरे ।

गर्ल्स सिंगल्समा बेल्जियमकी क्यामिली, रुसकी मिलिना, मंगोलियाका मार्ता र मराल्गु, चीनकी झाङ तथा भारतका सिम्रिन अहमद, दुर्गान्सी कुमार र तमन्ना तकोरियाले क्वाटरफाइनलमा स्थान पक्का गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो