पेले

ब्राजिललाई कोन्मेबलको आग्रह,पेलेको सम्मानमा जर्सीमा रहेको पाँचमध्ये तीन तारालाई मुटुको आकारमा बदलाैं

दोहा । दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबल)ले ब्राजिललाई लिजेन्ड पेलेको सम्मानमा आफ्नो जर्सीमा रहेका पाँचमध्ये तीन तारालाई मुटको आकारमा बदल्न आग्रह गरेको छ  । 

कतार विश्वकप २०२२ बाट बाहिरिए पनि नेइमारले क्रोएसियाविरुद्ध गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरेका थिए  । उनीहरुले समान ७७ गोल गरेका छन् ।   

ब्राजिललले हालसम्म सर्वाधिक पाँचपटक विश्वकप उपाधि जितेको छ । तीमध्ये तीन विश्वकप जित्दा पेले टोलीको सदस्य थिए ।

पेलेले सन् १९५८,१९६२ र १९७० मा विश्वकप जितेका थिए ।

तीन विश्वकप जित्ने एक मात्र खेलाडी पेले केही साता यता अस्पतालमा छन । उनले स्वास्थ्य अवस्था विस्तारै सुधार हुँदै आएको बताइएको छ ।

‘शनिबार पेलेको सम्मानमा आयोजित ‘कोनबल थ्रि डिम्स अफ दोहामा’ उपस्थित  हजारौ मानिसको भावनालाई प्रतिनिधित्व गर्दै हामी ब्राजिल फुटबल संघसमक्ष जर्सीमा रहेका पाँच मध्ये तीन तारालाई मुटुको आकारमा बदल्न आग्रह छौं’ दक्षिण अमेरिकी फुटबल महासंघले जारी विज्ञप्तिमा भनिएको छ ।