पोर्चुगल

रोनाल्डो पोर्चुगलका पहिचान हुनः पेपे

लिस्बन । पोर्चुगलका रक्षक पेपेले विश्वकपबाट बाहिरिए पनि आफ्नो टोलीका स्टार क्रिस्टियानो रोनाल्डो सामान्य अवस्थामा रहेको बताएका छन । 

पोर्गुगल शनिबार मोरोक्कोसँग १–० ले पराजित हुँदै कतार विश्वकप २०२२ को क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । उक्त खेलमा प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई पहिलो रोजाइमा राखेका थिएनन् । 

युसुफ अल  नासरीको निर्णायक गोलमा मोरोक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो राष्ट्र बनेको थियो । 

खेल हारेपछि रोनाल्डो रुँदै मैदानबाट बाहिरिएका थिए । रोनाल्डोले आइतबार सामाजिक सञ्जालमार्फत विश्वकप जित्नु आफ्नो सबैभन्दा ठुलो सपना भए पनि पूरा हुन नसकेको बताएका थिए । 

‘रोनाल्डो समान्य अवस्थामा छन् । रोनाल्डो हाम्रो देशको पहिचान हुन र विश्वका हरेक कुनामा पुगेका छन’ पेपेले भने‘ रोनाल्डोले देशका लागि धेरै योगदान दिएका छन । त्यसैले रोनाल्डो लगायत टोलीका अन्य सदस्यलाई धन्यवाद ।’