कतार विश्वकप २०२२

अरबका प्रशिक्षक पनि शीर्ष क्लबको प्रशिक्षण सम्हाल्न योग्य छन्ः रिगरेगी

दोहा । युरोपका शीर्ष लिगमा अरबका प्रशिक्षकलाई विरलै मात्र देख्न पाइन्छ ,कारण यी क्लबहरुको रोजाई युरोप र दक्षिण अमेरिकाका प्रशिक्षकमा मात्र हुन्छ ।

मोरोक्को क्वार्टरफाइनल पुग्ने पहिलो अरब र चोथो अफ्रिकी राष्ट्र हो  । आज राति नेपाली समय अनुसार राति ८ः४५ बजे मोरोक्कोले पोर्चुगलसँग सेमिफाइनल स्थानमा लागि प्रतिस्पर्धा गर्दैछ ।

प्रशिक्षक वालिद रिगरेगीको नेतृत्वमा मोरोक्कोले विश्वकपमा प्रभावशाली प्रदर्शन गरिरहेको छ । जारी विश्वकप अपराजित मोरोक्कोले मात्र एक गोल खाएको छ । त्यो पनि आत्मघाती । क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको मोरोक्कोले समूह चरणमा बेल्जियमलाई २–० ले निराश पारेको थियो । समूह विजेताको हैसियतमा नकआउट चरणमा स्थान बनाएको मोरोक्कोले अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई निराश पार्यो ।

मोरोक्कोको यो प्रदर्शलने सबैको ध्यान रिगरेगीप्रति आकर्षित भएको छ  । उनको प्रशिक्षण शैलीका बारेमा सबैको चासो बढेको छ । चर्चाको केन्द्रमा पुगेका रिगरेगीले भर्खरै मात्र अरबका प्रशिक्षकका बारेमा आफ्नो धारणा राखेका छन् ।

पोर्चुगलसँगका क्वार्टरफाइनलअघि भएको पत्रकार सम्मेलनमा उनले युरोपका ठूला कबहरुको जिम्मेवारी सम्हाल्न अरबी राष्ट्रका प्रशिक्षकहरु सक्षम रहेको धारणा राखेका छन् ।

म्यानचेस्टर सिटी र बार्सिलोना जस्ता ठूला क्लबहरुको प्रशिक्षक बन्न अरबका प्रशिक्षकहरुलाई धेरै गाह्रो रहेको कुरा रिगरेगीले गरे । किन भन्ने प्रश्नमा उनले यो हुनुको पछाडि सांस्कृतिक र मानसिक पक्षहरु रहेको कारण दिए ।

‘आज पनि अरबी प्रशिक्षकहरुलाई म्यानचेस्टर सिटी र बार्सिलोना जस्ता ठूला क्लबहरुको प्रशिक्षक बन्न असम्भव जस्तै छ । उनीहरु हाम्रो बारे सोच्दैनन् । उनीहरु  हामी यसका लागि योग्य छैनौ, भन्ने सोच्छन् । उनीहरुको रोजाई युरोप र दक्षिण अमेरिकाका प्रशिक्षकमा मात्र हुन्छ, रिगरेगीले भने, मैले प्रशिक्षण सम्हालेको दश वर्ष भइसक्यो । यसबिच मलाई कसैले प्रस्ताव गरेनन् ।  मसँग अनुभवको कमि छ भन्ने धारण छ । तर आज म विश्वकपको क्वार्टरफाइनलमा छु । अनुभवले फरक पर्दैन । आफु भित्र भएको कौशलताले फरक पार्छ । पृष्ठभूमिभन्दा ठूलो कुरा कौशलता हो ।’, रेग्रागुइले  थपे।

रिगरेगी गत अगस्तयता मोरोक्को राष्ट्रिय टोलीको जिम्मेवारीमा छन् ।