आइसिसी पुरुष क्रिकेट विश्वकप लिग दुई

स्टकल्यान्डको टोली घोषणा

काठमाडौं । फेब्रुअरी १४ देखि नेपालमा हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृंखलाका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ ।

स्कटल्यान्ड क्रिकेट बोर्डले रिची बेरिङटनको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । अलराउण्डर ज्याक जार्भिसले पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।

स्कटल्याण्डले विश्वकप लिग दुईको आफ्नो अन्तिम चार खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेल्ने छ । स्कटल्याण्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

स्कटल्याण्डले फेब्रुअरी १५ र २० मा नामिबिया तथा फेब्रुअरी १७ र २१ मा घरेलु टोली नेपालसँग खेल्नेछ । स्कटल्याण्ड क्रिकेट बोर्डका अनुसार टोली फेब्रुअरी ८ मा नेपाल भ्रमणका लागि निस्कने र फेब्रुअरी २३ मा फर्कनेछ ।

लिगमा २४ खेल खेलेको नेपालले आठ जित र १४ हारको नतिजा निकाल्दा एक खेल बराबरी र एक खेल बिना नतिजा टुङ्गिएको छ । नेपाल १८ अंकका साथ छैटौं स्थानमा छ ।


लिगको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलमा ४६ अंक जोड्दा नामिबिया ३० खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा छ । यसैगरी ओमान (४४),अमेरीका (३५),युएई (२७) र पपुवा न्युगिनी (पाँच)  अंकका साथ दोस्रो, चौथो, पाँचौ र अन्तिम स्थानमा छन् ।

स्कटल्याण्डको टोली

रिची बेरिङटन (कप्तान), कायल कोएटजर, म्याथ्यु क्रस (उपकप्तान), जर्ज मुन्से, क्रिस ग्रिभ्स, मार्क वाट, ज्याक जार्भिस, माइकल लिस्क, टम म्याकिन्टोश, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलन,सफ्यान सरिफ, क्रिस सोल, हम्जा ताहिर