इङ्लिस प्रिमियर लिग

वेस्ट ह्याम छाड्ने एन्टोनियोको योजना

काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब वेस्ट ह्यामका स्ट्राइकर माइकल एन्टोनियोले क्लब छाड्ने योजना बनाएका छन्।

३२ वर्षिय एन्टोनियोले जनवरी ट्रान्सफर विन्डोमा क्लब छाड्ने योजना बनाएका हुन् । द फुटबलर्सको पोड्कास्टमा बोल्दै एन्टोनियोले क्लब छाड्ने योजना बनाएको बताएका छन् ।

उनले अन्य क्लबसँग कुराकानी गरिरहेको समेत बताएका छन् । ‘इमानदारीपूर्वक भन्नु पर्दा मैले केहि पनि अस्वीकार गरेको छैन । म यति मात्र भन्न सक्छु,छलफल भइरहेको छ हेरौं के हुन्छ’, एन्टोनियोले भने ।

एन्टोनियो सन् २०१५ मा नटिङघम फरेस्टबाट सात मिलियन पाउन्डमा वेस्ट ह्याम आएका थिए ।

जमैकाका एन्टोनियोले प्रिमियर लिगमा वेस्ट ह्यामका ४८ गोल गरेका छन् । उनी लिगमा क्लबका सर्वाधिक गोलकर्ता समेत हुन । एन्टोनियोले पोओलो डि कानियोको ४६ गोलको कीर्तिमान तोडेका थिए ।