प्रधानमन्त्री महिला टी२० प्रतियोगिता

टस जितेर बागमती फिल्डिङमा

काठमाडौं । प्रधानमन्त्री महिला टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका दोस्रो खेलमा बागमती प्रदेशले एपिएफविरुद्ध टस जितेर फिल्डिङ गरिहेको छ ।

समूह ए मा रहेको बागमती पहिलो जितको खोजीमा छ । यता पहिलो खेल जितेको एपिएफ पनि जित यात्राको निरन्तरता चाहन्छ । पहिलो खेलमा एपिएफले इटहरीको जनता क्रिकेट पार्कमा शनिबार सम्पन्न पहिलो  खेलमा  गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो ।

बागमती प्रदेश भने पहिलो खेलमा सुदुरपश्चिम प्रदेशसँग ३३ रनले पराजित भएको थियो   ।