अस्ट्रेलियन ओपन

बार्टी मेरो प्रेरणाको स्रोतः स्वायटेक

सिड्नी । इगा स्वायटेकले एस बार्टी कहिले पनि आफ्नो चिरप्रतिद्धन्द्धी नरहेको प्रतिक्रिया दिएकी छिन ।

बार्टीको अनुपस्थितीमा सोमबारबाट सुरु हुने सिजनको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनमा स्वायटेकलाई उपाधिको प्रबल दाबेदारको रुपमा हेरिएको छ ।

बार्टी अस्ट्रेलियन ओपनकी साबिकको विजेता हुन । तर उपाधि जितको एक सातापछि नै बार्टीले संन्यासको घोषणा गरेका थिए । बार्टीको अनुपस्थितीमा स्वायटेक विश्व वरियतामा शीर्ष खेलाडी बनेकी थिइन ।स्वयाटेक बार्टी आफ्ना लागि प्रतिद्धन्द्धी नभई प्रेरणाको स्रोत भएको बताइन । 

बार्टी र स्वायटेक ले दुई पटक मात्र एकअर्काविरुद्ध खेलेका छन र दुवै पटक बार्टीले खेल आफ्नो पक्षमा पारेकी थिइन ।

‘बार्टीले अझ पनि खेल्न सक्छिन जस्तो लाग्छ’, स्वयाटेकले भनिन, तर उनले यस खेलबाट विश्राम लिइसकिन र उनीविरुद्ध पुनः खेल्ने मेरो इच्छा पूरा नहुने भएको छ । त्यसमा म दुखी छु । मैले उनीबाट धेरै प्रेरणा लिएको छु ।'

स्वायटेकले सोमबार रोड लाभर एरेनामा जर्मनीकी ज्युल नेइमेयरविरुद्धको खेलसँगै अस्ट्रेलियन ओपनमा आफ्नो यात्राको सुरुआत गर्नेछिन ।