नेपाल टी–२० लिग

टस जितेर जनकपुर फिल्डिङमा


काठामाडौं । जनकपुर रोयल्सले नेपाल टी–२० लिग बिहीबारको दोस्रो खेलमा फार वेस्ट युनाइटेडविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फार वेस्ट अबको केही बेरमा ब्याटिङका लागि आउनेछ ।

फार वेस्ट दोस्रो जितको लक्ष्यमा छ । यसअघि लुम्बिनीसँग ६७ रन तथा सुपर ओभरमा पराजित भएको फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले हराएको थियो ।
 

जनकपुर पनि तेस्रो जित निकाल्न चाहन्छ । यसअघि पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सलाई समान पाँच विकेटले हराएको जनकपुरले काठमाडौं नाइट्ससँग ५३ रनको हार ब्यहोरेको थियो ।

 

बिहीबार नै सम्पन्न पहिलो खेलमा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गरेको छ ।