आइपिएल

कीर्तिमानी मूल्यमा पन्जाब भित्रिए साम करन

कोची । इङ्ल्यान्डका अलराउन्डर साम करन इन्डियन प्रिमिर लिग(आइपिएल) अक्सनको इतिहासकै सबैभन्दा महंगोमा  बिक्री हुने खेलाडी बनेका छन् ।

शुक्रबार  कोची भएको मिनि अक्सनमा करनलाई भित्र्याउन पन्जाब किङ्सले १८ करोड ५० लाख भारतीय रुपैया खर्चिएको हो ।

न्यूनतम मूल्य दुई करोड भारतीय रुपैया राखेका करनलाई चेन्नई सुपर किङ्सले रिलिज गरेको थियो ।

यसअघि आइपिएल अक्सनमा सबैभन्दा महंगोमा बिक्ने खेलाडी दक्षिण अफ्रिकाका क्रिस मोरिस थिए । मोरिसलाई  २०२१ को अक्सनमा राजस्थान रोयल्सले १६ करोड २५ लाखमा भित्र्याएको थियो ।

यसैगरी,दोस्रो सर्वाधिक महंगो खेलाडी बनेका अस्ट्रेलियका क्यामरोन ग्रीन १७ करोड  ५० लाख रुपैयामा मुम्बई इन्डियन्समा पुगेका छन् ।

चेन्नई सुपर किंग्सले इङ्ल्यान्डका बेन स्टोकलाई १६ करोड २५ लाख रुपैयामा भित्र्याएको छ । वेस्ट इन्डिजका निकोलस पुरनका लागि लखनउ सुपर जायन्ट्सले १६ करोड रुपैया खर्चिएको छ ।

इङ्ल्यान्डकै ह्यारी ब्रुक १३ करोड २५ लाख रुपैयामा सनराइजर्स हैदराबाद पुगेका छन्  ।