त्रिकोणात्मक ट्वान्टी२० अन्तर्राष्ट्रिय शृंखला

टस हारेर ब्याटिङमा नेपाल, आदिलको डेब्यु

काठमाडौं ।  नेपालले पपुवा न्यु गिनीविरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ । 

कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी त्रिकोणात्मक ट्वान्टी२० अन्तर्राष्ट्रिय शृंखलामा  पपुवा न्यु गिनीले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल लगातार तेस्रो जितको खोजीमा छ । 

पहिलो खेलमा सोमबार पपुवा न्यु गिनीलाई १५ रनले पराजित गरेको नेपालले बुधबार मलेसियालाई ६ विकेटले पराजित भएको थियो । 
पपुवा न्यु गिनी शृंखलामा पहिलो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाललाई नतिजा सुम्पिएको पपुवा न्यु गिनी दोस्रो खेलमा मलेसियासँग आठ रनले पराजित भएको थियो ।

दुई खेलमा शीर्ष स्थानको नेपालको चार अंक छ भने समान दुई खेलमा दोस्रो स्थानको मलेसियाको दुई अंक छ । पपुवा न्यु गिनी भने अंकविहिन छ । 

पपुवा न्यु गिनीविरुद्ध खेलसँगै नेपालका आदिल आलमले सिनियर टोलीबाट डेब्यु गर्दैछन् । पछिल्लो दुई खेलमा अवसर पाएका कुशल मल्ललाई आज भने आराम दिइएको छ ।