नेपाली क्रिकेट

३०– ४० रन अतिरिक्त दियौंः सन्दीप

फाइल फाेटाे

काठमाडौं । पपुवा न्यु गिनीविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा ६ रनले हार बेहोरेपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बलिङ केही बढी रन दिएको बताएका छन् ।


‘राम्रो गेम थियो दुवै टिमको लागि । तर लुजिङ कजमा राम्रो हुँदैन । बलिङमा ३०–४० रन बढि दियौं । विकेट पिच राम्रो थियो । पिएनजीले ब्याटिङ राम्रो भयो । उनीहरुले साझेदारी बनाए,’ उनले भने, ‘हाम्रो लगातार विकेट जाँदा हार भयो जस्तो लाग्छ । खेलबाट आएको सकरात्मक कुराहरु पनि धेरै छ । रोहितको आरिफको साझेदारी, रोहितको शतक ।’

यस्तै, उनले दीपेन्द्रको ब्याटबाट पछिल्लो खेलहरुमा रन नबने पनि उनी राम्रो ब्याटर भएको बताए ।

‘दीपेन्द्रले पहिलेदेखि बलिङ गर्दै आइरहेका हुन् । अहिले त्यसले ब्याटिङमा असर गरेको जस्तो लाग्दैन । मलाई अझै विश्वास उनी बेस्ट ब्याटर हुन् । एक दुई इनिङ्स खराब हुँदैमा केही हुन्छ, उनले भने, ‘मैले देखेको मध्ये बेस्ट इनिङ्स रोहितको हो । रोहितले जसरी खेलिराछ उसले यही शतक हान्छ भन्ने थियो । उसले खेल फिनिस गर्न सक्थ्यो तर भएन ।अन्तिम ओभरसम्म जितको आशा थियो । सोम र कमल ब्याटिङ गर्न सक्थे । साझेदारी बनेपछि बिचमा निरन्तर विकेट गयो । विकेटको भ्यालु बुझ्न जरुरी छ । दुर्भाग्यवश फिनिस गर्न सकेनौँ ।’

नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफू शतक र शतकीय साझेदारीबाट खुसी रहेको बताए ।

‘निराश छौँ जित्न सकेनौँ । समग्रमा मैले जे हेरिरहेको छु त्यसमा म खुशी छु । एक शतक भयो । अर्को शतक साझेदारी । प्रदर्शनबाट खुसी छु,’ पुबुदुले भने, ‘केटाहरु अझै सिकाई प्रकियामा छन् । यो लेभलमा युवा खेलाडीहरु राम्रो खेले । हामीले २५–३० रन अतिरिक्त दियौँ ।’