यर्स वुमन्स च्याम्पियनसिप

एपिएफको शतप्रतिशत जित यात्रा

काठमाडौं । लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै आइतबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपमा शतप्रतिशत नतिजा हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको ४५ रनको लक्ष्य एपिएफले ६.४ ओभरमा विना विकेट क्षती पूरा गर्यो ।

एपिएफको जितमा ज्योती पाण्डेले सर्वाधिक २२ रनको योगदान गरिन् । उनले २२ बलमा तीन चौका प्रहार गरिन भने कप्तान सीता राना मगरले १७ रन बनाइन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनु अघि ४४ रनको योगफल एपिएफसामू प्रस्तुत गरेको थियो ।

लुम्बिनीको लागि नेरी थापाले ४२ बलमा सर्वाधिक १५ रन बनाइन । त्यस्तै लक्ष्मी चौधरीले ११ र कप्तान सरस्वती जिएमले आठ रन बनाइन् ।

एपिएफकी रेखा रावलले तीन विकेट लिदाँ सुमन विष्टले एक विकेट लिइन् ।

शीर्ष स्थानको एपिएफले ४ खेलमा ८ अंक जोड्दा समान खेल खेलेको दोस्रो स्थानको सुदुरपश्चिम प्रदेशको ६ अंक रह्याो । एपिएफ र सुदुरपश्चिमले शीर्ष दुईमा बस्दै फाइलमा स्थान बनाइसकेका छन् ।