आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

ओमान र युएईबीचको तेस्रो खेल बराबर

मस्कट । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत ओमान र सयुँक्त अरब इमिरेट्स (युएई) बीचको तेस्रो तथा अन्तिम खेल बराबरीमा सकिएको छ ।

मंगलबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा ओमानले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउनुअघि दुई सय १५ रननै जोड्यो ।

युएईका कासिफ दाउदले अर्धशतकीय इनिङ खेले । दाउद ५२ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे । यस्तै मुहम्मद उस्मान ४७, बसिल अहमेदले २६ र रोहन मुस्तफाले २५ जोडे ।

ओमानका खवर अली र नेस्टोर धाम्बाले समान तीन, कलिमुल्लाह दुई र बिलाल खानले एक विकेट लिए ।

यसअघि ओमानको अल अमेरत क्रिकेट मैदानमा मंगलबार टस हारेर ब्याटिङमा आएको ओमानले ४९।३ ओभरमा  सबै विकेट गुमाएर दुई सय १४ रनको योगफल खडा गरेके थिए ।

ओमानका ओपनर कश्यप प्रजापतीले अर्धशतकीय इनिङ खेलेका थिए । प्रजापतीले ८९ बलमा तीन चौका र एक छक्कासहित ५७ रन बनाएका थिए । यस्तै कप्तान जिसन मक्सुदले ३६, नसिम खुसीले ३३ र खवर अलीले २४ रन जोडेका थिए।

युएईका जहुर खानले र कसिफ दाउदले समान तीन विकेट लिएका थिए । यस्तै बसिल हमेदले दुई विकेट लिँदा रोहन मुस्ताफा र अहमेद राजाको नाममा एकरएक विकेट रह्यो । तीन एकदिवसीय खेलको शृंखला युएईले २(० ले जितिसकेको छ । युएईले पहिलो र दोस्रो दुबै खेलमा ओमानलाई चार विकेटले पराजित गरेको थियो ।