आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसियाली छनोट

दोस्रो खेलमा पनि सहज जितको लक्ष्यमा नेपाल

दोहा । तीन ट्वान्टी–२० खेलको मैत्रीपूर्ण श्रृंखलाका लागि कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बुधबार घरेलु टोलीविरुद्ध दोस्रो खेल्दैछ । 

कतारको दोहास्थित वेस्ट इन्ड पार्क मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । 
आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसियाली छनोटको तयारीमा लागि नेपाली टोलीले मैत्रीपूर्ण श्रृंखला खेल्न लागेको हो । 

यसअघि मंगलबार भएको मैत्रीपूर्ण श्रृंखलाको पहिलो खेलमा घरेलु टोलीलाई २७ रनमा रोक्दै नेपालले एक सय १९ रनको जित हासिल गरेको थियाे ।