कतार विश्वकप २०२२

१३ टिमको विश्वकप यात्रा पक्का

दोहा । कतार विश्वकप २०२२ मा हालसम्म १३ टोलीले आफ्नो स्थान सुरक्षित गरेका छन् । विश्वकप छनोटअन्तर्गत बुधबार बिहानसम्म भएको खेलहरुबाट दुई दक्षिण अमेरिकी, १० युरोपियन टोली र एक एसियाली टोलीले प्रतियोगिताको टिकट काटेका हुन् ।  

एसियाबाट आयोजकको रुपमा कतारले आफ्नो स्थान सुरक्षित गरेको हो ।

दक्षिण अमेरिकाबाट हालसम्म अर्जेन्टिना र ब्राजिलले विश्वकपको टिकट काटेका छन् ।

त्यस्तै युरोपबाट जर्मनी, डेनमार्क, बेल्जियम, फ्रान्स, क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इङ्ल्यान्ड र नेदरल्यान्ड्सले विश्वकपको टिकट काटिसकेका छन् ।

विश्वकपमा अझै १९ टोली छनोट हुन बाँकी छन् ।