नेपाली महिला क्रिकेट टोली

कतारी महिलालाई नेपालले दियो एक सय ४७ रनको लक्ष्य

दोहा । विश्वकप छनोटको तयारीका लागी खेलिएको तीन ट्वान्टी २० खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली राष्ट्रिय महिला टोलीले कतारसामु एक सय ४७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४६ रन जोड्यो ।

नेपालकी इन्दु बर्माले सर्वाधिक ५५ रन जोडिन् । इन्दुले ४७ बलमा पाँच चौका प्रहार गरिन् । त्यस्तै सिता राना मगरले ३९ र सरिता मगरले २१ रन जोड्दा कप्तान रुविना क्षेत्री भने शुन्य रनमै पवेलियन फर्किइन् ।

कतारकी एन्जेलिना मरे र सबिजा पनायनले समान एक विकेट हात पारे ।