एकदिवसीय शृंखला

आयरल्यान्ड ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ‘ए

काठमाडौं । घरेलु टोली नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला फिल्डङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड  ‘ए’ का कप्तान निल रकले टस जितेर ब्याटिङको निर्णय लिए ।  

अघिल्ला दुवै खेलमा पराजित हुँदै शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको खोजीमाछ । यसअघि नेपाल २१ र ११४ रनले पराजित भएको थियो ।

 यता आयरल्यान्ड पनि जित निकाल्दै शृंखलामा ‘क्लिन स्विप’ गर्न चाहन्छ।