एसएमएस फ्रेन्डसिप कप

एसएमएस फ्रेन्डसिप कपः उपाधिका लागि नेपाल र गुजरात भिड्दै

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले आइतबार घरेलु टोली गुजरात क्रिकेट संघको सामना गर्दैछ ।

खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

नेपाल गुजरातमाथि ह्याट्रिक जित निकाल्दै च्याम्पियन बन्ने लक्ष्यमा छ । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले पराजित गरेको थियो ।

यसैगरी बरोडा क्रिकेट संघलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा भने बरोडासँगै ३७ रनले निरास बनेको थियो । यता गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित गर्दै फाइनल पुगेको हो ।

नेपाल रोहितकुमार पौडल र गुजरात उमंगकुमार तान्डेलको कप्तानीमा मैदान उत्रिनेछन् ।