एकदिवसीय शृंखला

सान्त्वना जितको लक्ष्यमा नेपाल ‘ए’

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा सोमबार मैदान उत्रिँदा नेपाल सान्त्वना जितको लक्ष्यमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल समय बिहान ९ः३० बजे सुरु हुनेछ ।

अघिल्ला दुवै खेलमा पराजित नेपालले शृंखला गुमाइसकेको छ । यसअघि नेपाल २१ र ११४ रनले पराजित भएको थियो ।

विनोद भण्डारीको कप्तानीमा छ । यता निल रकको कप्तानीमा रहेको आयरल्यान्ड पनि जित निकाल्दै शृंखलामा ‘क्लिन स्विप’ गर्न चाहन्छ ।