ट्वान्टी २० विश्वकप

विश्वकप फाइनल : बदलाको भावनामा न्युजिल्यान्ड

दुबई । ट्वान्टी २० विश्वकपको फाइनलमा आइतबार अस्ट्रेलियाविरुद्ध मैदान उत्रदा न्युजिल्यान्ड वर्षको दोस्रो आइसिसी उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

त्यस्तै अस्ट्रेलियाको आँखा भने पहिलो ट्वान्टी २० विश्वकपको उपाधिमा हुनेछ ।

सयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय मैदानमा साँझ ७ः४५ बजे मैदान केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड सन् २०१५ को एकदिवसीय विश्वकप फाइनलमा अस्ट्रेलियासँग भोगेको हारको बदला लिने योजनामा हुनेछ ।

सन् २०१५ को एकदिवसीय विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै अस्ट्रेलियाले पाँचौ पटक उपाधि उचालेको थियो ।

यद्धपी इङ्ल्यान्डविरुद्धको सेमिफाइनलमा आउट भएपछि आफ्नै ब्याटमा हातले हान्दा चोट लागेका विकेटकिपर डेभोन कोनवेबिना मैदान उत्रनेछ ।

प्रतियोगिताको फाइलनमा स्थान बनाउँने क्रममा न्युजिल्यान्डले सेमिफाइनलमा इङ्ल्यान्डको चुनौती पाँच विकेटले पन्छ्याएको थियो । अस्ट्रेलियाले भने सुपर १२ मा अपराजित रहेको पाकिस्तानलाई पाँच विकेटले हराएको थियो ।