स्पेनिस ला लिगामा

एमबाप्पे भन्दा फाती क्षमतावान खेलाडीः अध्यक्ष टेबास

मड्रिड । स्पेनिस ला लिगाका प्रमुख जाभियर टेबासले  पेरिस सेन्ट जर्मन्( (पिएसजी)का स्ट्राइकर केलियन एमबाप्पे भन्दा बार्सिलोनाका स्ट्राइक अंशु फाती उत्कृष्ट रहेको दाबी गरेका छन् ।

बार्सिलोनाको युथ एकेडेमीका उत्पादन फातीले चोटका बाबजुद पछिल्लो दुई सिजन उल्लेख्य प्रदर्शन गर्दै आएका छन् ।

टेबासले एमबाप्पेलाई विश्व फुटबलको उत्कृष्ट युवा प्रतिभा भनिएपनि उनी भन्दा फातीको क्षमता धेरै माथि रहेको दाबी गरे ।

‘हामीले स्पेनबाहिरका खेलाडीलाई धेरै प्राथमिकता दिइरहेका छौ’, उनले भने, ‘हामीले हाम्रा युवा खेलाडीहरु चिन्न सकिरहेका छैनौं । हामीसँग अंशु फाती छन् । दुर्भाग्य उनी चोटका कारण उनी धेरै समय मैदान उत्रन पाएका छैनन । उनी एमबाप्पे भन्दा धेरै राम्रा खेलाडी हुन् ।’

बार्सिलोनाबाट फातीले सबै खाले प्रतियोगिता गरि कुल ५१ खेलमा १७ गोल गरेका छन् । यता एमबाप्पेले भने पिएसजीका लागि ९७ खेलमा ७७ गोल गरिसकेका छन् ।