चैत्र ६, २०८२ शुक्रबार | ०७:४६:००
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

एसियन सेन्ट्रल जोन प्रतियोगिताः नेपाललाई चुनौतीसँगै अवसर पनि

काठमाडौं । राष्ट्रिय महिला टोलीकी स्पाइकर प्रतिभा मालीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता एक चुनौतीको रुपमा रहेको बताएकी छिन् ।

’यसपालि श्रीलंका पनि आउने कुरा सुनेको थिए । सायद भारत पनि आउला, हामी साविक विजेता हौं । यसलाई मैले दबाब भन्दा पनि चुनौतीको रुपमा लिएको छु,’ उनले खेलाडीलाई भनिन्, ’पहिला किर्गिस्तानलाई हराएको थियौ तर अहिले उनीहरुको पनि खेलमा सुधार आइसकेको छ । हामी आफ्नो स्वभाविक प्रदर्शनका साथ उपाधि रक्षा गर्न चाहन्छौ ।'

बंगलादेशको राजधानी ढाकामा आगामी डिसेम्बर २१ देखि २९ सम्म संचालन हुने प्रतियोगिताको लागि नेपाली टोलीलले आज(आइतबार ) दिउँसो २ बजे त्रिपुरेस्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा प्रशिक्षण सुरु गर्दैछ ।

प्रतियोगिता आउन अब करिब एक महिना मात्र बाँकी छ । तर कम समय भएपनी आफ्नो शतप्रतिशत दिएर प्रशिक्षण गर्ने प्रतिभा बताउँछिन् ।

’धेरैपछि सबैजना सँगै खेल्नेछौ, खुशीको लागेको छ साथै उत्साहित पनि छु । लामो समय प्रशिक्षण गर्न पाए त राम्रो हुने थियो तैपनी कम समयमा पनि उत्कृष्ट दिनेछौ, प्रतिभाले भनिन् ।’

यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १८ खेलाडीलाई समेटेर नेपाल भलिबल संघले महिला टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । तर घुँडाको चोटका कारण न्यु डाइमन्ड क्लबकी उदयमान खेलाडी  रिया कुँवर आराममा रहेकी छिन् ।

सो टोलीमा नेपाल पुलिस क्लबको आन्तरिक तालिमका कारण त्यतिबेला प्रशिक्षणबाट बञ्चित तीन खेलाडी कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ पनि थपिने प्रशिक्षणमा सहभागी हुनेछन् ।

यस्तै महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले स्वर्णपदक जित्न कुनै कसर बाँकी नराख्ने बताए ।

’हामी साविक विजेता हौ, लक्ष्य स्वर्णपदक नै हो । विगतको भन्दा उच्च प्रदर्शन गरेर नेपाल तथा खेलप्रेमी नेपालीलाइ फेरि पनि एकपटक खुशी गराउन हदभन्दा बढी मिहेनत गर्नेछौं,’ उनले भने ।

सन् २०१९ मा बंगलादेशमै भएको पहिलो संस्करणको सेन्ट्रल जोनमा नेपालले अपराजित रहँदै ऐतिहासिक स्वर्णपदक जितेको थियो ।

महिला टोलिको प्रशिक्षकमा जगदिशका साथै सहायक प्रशिक्षक भरत यादव र टिम व्यवस्थापकमा ज्योति केसी छिन् ।

प्रशिक्षणमा सहभागी हुने २० खेलाडी ः

प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी, रेश्मा भण्डारी, सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सुनिता खड्का, सलिना श्रेष्ठ, सरस्वती जैसी, अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी, लक्ष्मी चन्द, कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो