माघ ९, २०८२ शुक्रबार | ०२:४५:३३
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

एसियन सेन्ट्रल जोन प्रतियोगिताः नेपाललाई चुनौतीसँगै अवसर पनि

काठमाडौं । राष्ट्रिय महिला टोलीकी स्पाइकर प्रतिभा मालीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता एक चुनौतीको रुपमा रहेको बताएकी छिन् ।

’यसपालि श्रीलंका पनि आउने कुरा सुनेको थिए । सायद भारत पनि आउला, हामी साविक विजेता हौं । यसलाई मैले दबाब भन्दा पनि चुनौतीको रुपमा लिएको छु,’ उनले खेलाडीलाई भनिन्, ’पहिला किर्गिस्तानलाई हराएको थियौ तर अहिले उनीहरुको पनि खेलमा सुधार आइसकेको छ । हामी आफ्नो स्वभाविक प्रदर्शनका साथ उपाधि रक्षा गर्न चाहन्छौ ।'

बंगलादेशको राजधानी ढाकामा आगामी डिसेम्बर २१ देखि २९ सम्म संचालन हुने प्रतियोगिताको लागि नेपाली टोलीलले आज(आइतबार ) दिउँसो २ बजे त्रिपुरेस्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा प्रशिक्षण सुरु गर्दैछ ।

प्रतियोगिता आउन अब करिब एक महिना मात्र बाँकी छ । तर कम समय भएपनी आफ्नो शतप्रतिशत दिएर प्रशिक्षण गर्ने प्रतिभा बताउँछिन् ।

’धेरैपछि सबैजना सँगै खेल्नेछौ, खुशीको लागेको छ साथै उत्साहित पनि छु । लामो समय प्रशिक्षण गर्न पाए त राम्रो हुने थियो तैपनी कम समयमा पनि उत्कृष्ट दिनेछौ, प्रतिभाले भनिन् ।’

यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १८ खेलाडीलाई समेटेर नेपाल भलिबल संघले महिला टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । तर घुँडाको चोटका कारण न्यु डाइमन्ड क्लबकी उदयमान खेलाडी  रिया कुँवर आराममा रहेकी छिन् ।

सो टोलीमा नेपाल पुलिस क्लबको आन्तरिक तालिमका कारण त्यतिबेला प्रशिक्षणबाट बञ्चित तीन खेलाडी कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ पनि थपिने प्रशिक्षणमा सहभागी हुनेछन् ।

यस्तै महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले स्वर्णपदक जित्न कुनै कसर बाँकी नराख्ने बताए ।

’हामी साविक विजेता हौ, लक्ष्य स्वर्णपदक नै हो । विगतको भन्दा उच्च प्रदर्शन गरेर नेपाल तथा खेलप्रेमी नेपालीलाइ फेरि पनि एकपटक खुशी गराउन हदभन्दा बढी मिहेनत गर्नेछौं,’ उनले भने ।

सन् २०१९ मा बंगलादेशमै भएको पहिलो संस्करणको सेन्ट्रल जोनमा नेपालले अपराजित रहँदै ऐतिहासिक स्वर्णपदक जितेको थियो ।

महिला टोलिको प्रशिक्षकमा जगदिशका साथै सहायक प्रशिक्षक भरत यादव र टिम व्यवस्थापकमा ज्योति केसी छिन् ।

प्रशिक्षणमा सहभागी हुने २० खेलाडी ः

प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी, रेश्मा भण्डारी, सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सुनिता खड्का, सलिना श्रेष्ठ, सरस्वती जैसी, अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी, लक्ष्मी चन्द, कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate