मैत्रीपूर्ण क्रिकेट

मैत्रीपूर्ण खेलमा नेपाल निलो विजयी

नेपाल निलो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण क्रिकेटमा नेपाल निलो विजयी भएको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा शुक्रबार सम्पन्न खेलमा नेपाल निलोले नेपाल रातोलाई पाँच विकेटले पराजित गर्यो ।

नेपाल रातोले प्रस्तुत गरेको १२१ रनको लक्ष्य नेपाल निलोले १९.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । नेपाल निलोका लागि कविता जोशीले अविजित ५९ र रुवि पोदारले अविजित ४५ रन बनाए ।

नेपाल रातो टोलीका लागि राजमति ऐरीले दुई तथा सोनी पाख्रिनले एक विकेट लिए ।

 नेपाल रातो

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल रातोले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रनको योगफल तयार पार्यो । नेपाल रातोका लागि काजोल श्रेष्ठले अविजित ५६, सोनी पाख्रिनले २७ र सान प्रविनले ११ रन बनाए ।

नेपाल निलोका लागि खुसी डंगोल र संस्कृति फुयाललले समान दुई विकेट लिए ।

नेपाल निलो विन्दु रावल र नेपाल रातो इन्दु बर्माको कप्तानीमा मैदान उत्रिएका थिए ।