माघ ८, २०८२ बिहीबार | २१:४४:०१
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

लिभरपुल र सिटीबीच ‘अघोषित फाइनल’

काठमाडौं । लिग फुटबलमा कसले भन्छ फाइनल हुन्न भनेर ? हुन्छ नै । तर यो नकआउट प्रतियोगिताको जस्तो फाइनल भने हुन्न । इङ्लिस प्रिमियर लिगमा यो साता यस्तै खेल जुरेको छ । धेरैलाई के लागेको छ भने यो नै त्यो खेल हो, जसले उपाधिको निर्णय गर्नेछ ।

यसपल्ट प्रिमियर लिगको उपाधि होड खुबै जोडतोडले चलिरहेको छ । कसले पो लिग जित्ने हो, अनुमान गर्न गाह्रो । त्यसैले त हो प्रिमियर लिग बढी लोकप्रिय हुनुको कारण । अझ यसपालि त उपाधिको होड त्रिकोणात्मक रहेको छ । यो होडमा लिभरपुल र म्यानचेस्टर सिटीसँगै आर्सनल पनि छ । सबैभन्दा पहिले लिग तालिकातर्फ जाऔं । यी तीन टिमबीचको अन्तर भनेकै २ अंकमात्रै हो । सबैभन्दा अगाडि छ लिभरपुल । टोलीको खातामा ६३ अंक छ ।

त्यसपछि सिटी छ । तीनपल्टको डिफेन्डिङ च्याम्पियन सिटीको ६२ अंक छ । आर्सनल भने तेस्रो स्थानमा छ ६१ अंकमा । भनेपछि जुनै बेला पनि यो अंकतालिकामा तलमाथि हुन सक्नेछ । यही बेला हो लिभरपुलविरुद्ध सिटीको खेल जुरेको ।

घरेलु प्रिमियर लिगमै फर्कने हो भने दुवै टिमले जितेको जित्यै छ । तर यो खेलमा जितका लागि सिटी नै बलियो प्रत्याशी देखिन्छ । किनभने लिभरपुलका अधिकांश प्रमुख खेलाडी घाइते छन् । 

एनफिल्डमा हुने यो खेल ‘ब्लकबस्टर’ साबित हुने तय छ । प्रश्न हो, यो खेल कसले जित्ने छ त ? यो चाहिँ भन्न गाह्रै छ । एउटा दृष्टिकोणले हेर्दा लिभरपुल केही बलियो देखिन्छ । कारण हो, खेल लिभरपुलको घरमा हुँदै छ । फेरि अर्को दृष्टिकोणले हेर्दा सिटी बलियो देखिन्छ । ठ्याक्कै दाबी गर्न सकिन्छ, खेलाडीका आधारमा यो जत्तिको बलियो टिम प्रिमियर लिगमा अर्को कोही छैन ।

रमाइलो के छ भने दुवै टिम लयमा छन् । भर्खरै मात्र हो, युरोपा लिगमा लिभरपुलले अन्तिम १६ को पहिलो लेगको खेलमा स्पार्टक प्रागलाई सजिलै हराएको । अर्कोतर्फ सिटी त युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगिसकेको छ । टोलीले भने एफसी कोपनहेगनको चुनौती काटेको हो ।

घरेलु प्रिमियर लिगमै फर्कने हो भने दुवै टिमले जितेको जित्यै छ । तर यो खेलमा जितका लागि सिटी नै बलियो प्रत्याशी देखिन्छ । किनभने लिभरपुलका अधिकांश प्रमुख खेलाडी घाइते छन् । लगभग पहिलो रोजाइका सबै खेलाडी घाइते छन् । त्यसैले यो लिभरपुलका लागि ठूलै समस्या हो । स्थिति जस्तै होस कोही फुटबललाई माया गर्छ भने यो खेल हेर्न छुटाउनु हुन्न ।

पूरा उपाधि होडको एउटा उल्लेखनीय पक्ष पनि छ । यो हो, विश्व फुटबलका अहिलेका तीन ठूला प्रशिक्षकबीचको भिडन्त । सबैलाई थाहा छ लिभरपुलका व्यवस्थापक हुन्, योर्गन क्लोप । सिटीको जिम्मेवारी पेप ग्वार्डिओलाको हातमा छ । आर्सनल भने आजभोलि मिकेल आर्टेटाको नेतृत्वमा चलिरहेको छ । यी तीनै प्रशिक्षक अहिलेको पुस्ताका सबैभन्दा उम्दा हुन् । त्यसैले पनि लिग उपाधिको होड उम्दा भएको हो । एउटै कुरा छ, क्लोपका लागि यो सिजन अन्तिम रहेको छ लिभरपुलमा । यो सिजनको अन्त्यसँगै उनले क्लब छाड्दै छन् । त्यसैले प्रश्न हो, के लिभरपुलले लिग जितेर उनलाई सुखद बिदाइ दिन सक्छ त ?