माघ २९, २०८२ बिहीबार | ०३:१५:५७
दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

लिभरपुल र सिटीबीच ‘अघोषित फाइनल’

काठमाडौं । लिग फुटबलमा कसले भन्छ फाइनल हुन्न भनेर ? हुन्छ नै । तर यो नकआउट प्रतियोगिताको जस्तो फाइनल भने हुन्न । इङ्लिस प्रिमियर लिगमा यो साता यस्तै खेल जुरेको छ । धेरैलाई के लागेको छ भने यो नै त्यो खेल हो, जसले उपाधिको निर्णय गर्नेछ ।

यसपल्ट प्रिमियर लिगको उपाधि होड खुबै जोडतोडले चलिरहेको छ । कसले पो लिग जित्ने हो, अनुमान गर्न गाह्रो । त्यसैले त हो प्रिमियर लिग बढी लोकप्रिय हुनुको कारण । अझ यसपालि त उपाधिको होड त्रिकोणात्मक रहेको छ । यो होडमा लिभरपुल र म्यानचेस्टर सिटीसँगै आर्सनल पनि छ । सबैभन्दा पहिले लिग तालिकातर्फ जाऔं । यी तीन टिमबीचको अन्तर भनेकै २ अंकमात्रै हो । सबैभन्दा अगाडि छ लिभरपुल । टोलीको खातामा ६३ अंक छ ।

त्यसपछि सिटी छ । तीनपल्टको डिफेन्डिङ च्याम्पियन सिटीको ६२ अंक छ । आर्सनल भने तेस्रो स्थानमा छ ६१ अंकमा । भनेपछि जुनै बेला पनि यो अंकतालिकामा तलमाथि हुन सक्नेछ । यही बेला हो लिभरपुलविरुद्ध सिटीको खेल जुरेको ।

घरेलु प्रिमियर लिगमै फर्कने हो भने दुवै टिमले जितेको जित्यै छ । तर यो खेलमा जितका लागि सिटी नै बलियो प्रत्याशी देखिन्छ । किनभने लिभरपुलका अधिकांश प्रमुख खेलाडी घाइते छन् । 

एनफिल्डमा हुने यो खेल ‘ब्लकबस्टर’ साबित हुने तय छ । प्रश्न हो, यो खेल कसले जित्ने छ त ? यो चाहिँ भन्न गाह्रै छ । एउटा दृष्टिकोणले हेर्दा लिभरपुल केही बलियो देखिन्छ । कारण हो, खेल लिभरपुलको घरमा हुँदै छ । फेरि अर्को दृष्टिकोणले हेर्दा सिटी बलियो देखिन्छ । ठ्याक्कै दाबी गर्न सकिन्छ, खेलाडीका आधारमा यो जत्तिको बलियो टिम प्रिमियर लिगमा अर्को कोही छैन ।

रमाइलो के छ भने दुवै टिम लयमा छन् । भर्खरै मात्र हो, युरोपा लिगमा लिभरपुलले अन्तिम १६ को पहिलो लेगको खेलमा स्पार्टक प्रागलाई सजिलै हराएको । अर्कोतर्फ सिटी त युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगिसकेको छ । टोलीले भने एफसी कोपनहेगनको चुनौती काटेको हो ।

घरेलु प्रिमियर लिगमै फर्कने हो भने दुवै टिमले जितेको जित्यै छ । तर यो खेलमा जितका लागि सिटी नै बलियो प्रत्याशी देखिन्छ । किनभने लिभरपुलका अधिकांश प्रमुख खेलाडी घाइते छन् । लगभग पहिलो रोजाइका सबै खेलाडी घाइते छन् । त्यसैले यो लिभरपुलका लागि ठूलै समस्या हो । स्थिति जस्तै होस कोही फुटबललाई माया गर्छ भने यो खेल हेर्न छुटाउनु हुन्न ।

पूरा उपाधि होडको एउटा उल्लेखनीय पक्ष पनि छ । यो हो, विश्व फुटबलका अहिलेका तीन ठूला प्रशिक्षकबीचको भिडन्त । सबैलाई थाहा छ लिभरपुलका व्यवस्थापक हुन्, योर्गन क्लोप । सिटीको जिम्मेवारी पेप ग्वार्डिओलाको हातमा छ । आर्सनल भने आजभोलि मिकेल आर्टेटाको नेतृत्वमा चलिरहेको छ । यी तीनै प्रशिक्षक अहिलेको पुस्ताका सबैभन्दा उम्दा हुन् । त्यसैले पनि लिग उपाधिको होड उम्दा भएको हो । एउटै कुरा छ, क्लोपका लागि यो सिजन अन्तिम रहेको छ लिभरपुलमा । यो सिजनको अन्त्यसँगै उनले क्लब छाड्दै छन् । त्यसैले प्रश्न हो, के लिभरपुलले लिग जितेर उनलाई सुखद बिदाइ दिन सक्छ त ?