साफ यु-१६ महिला च्याम्पियनसिप

बंगलादेशको फराकिलो जित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१६ महिला च्याम्पियनसिपमा बंगलादेशले भुटानमाथि ६-० को फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले दुई तथा फतिमा अख्तर, कर्नुचिङ मर्मा, साथी मुन्डा र थुनी मर्माले समान एक गोल गरे ।

लिग चरणका तीननै खेलमा जित हात पारेको बंगलादेशले ९ अंक जोड्यो । यसअघि बंगलादेशले नेपाललाई २-० र भारतलाई  ३-१ ले हराएको थियो ।

तीनै खेलमा पराजित भुटान अंकविहिन बन्यो । यसअघि भुटान भारतसँग ७-० र नेपालसँग ३-० ले पराजित भएको थियो ।

खेलको १३औं मिनेटमा सौरभीको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । ३३औं मिनेटमा फतिमाले टोलीको अग्रता दोब्बर बनाइन् ।

दुई मिनेटपछि नै कर्नुचिङले गोल गर्दा बंगलादेशले पहिलो हाफमा ३-० को अग्रता लियो । ४७औं मिनेटमा साथीले टोलीका लागि चौथो गोल गरिन् ।

६९औं मिनेटमा थुनीले गोल गर्दा बंलादेश ५-०ले अगाडि बढ्यो । ७७औं मिनेटमा सौरभीले ब्यीक्तगत दोस्रो गोल गर्दै बंगलादेशलाई ६-०को फराकिलो जित दिलाइन् ।

उपाधिका लागि बंगलादेश र भुटान भिड्नेछन्  । भारतले घरेलु टोली नेपाललाई १०-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।