इब्राहिम ट्राओरे

गिनीका फुटबलर ट्राओरेको कहानी

पेरिस । इब्राहिम ट्राओरे मुस्कुराउँदै कालो रंगको रेन्ज रोभर गाडीबाट निस्किन्छन् । उनी त्यो अर्पाटमेन्टको प्राङ्गणमा आइपुगेका छन्, जहाँ कुनैबेला उनको फुटबल कथा सुरु भएको थियो । यो ठाउँको नाम पेन्टिन हो । जुन केन्द्रीय फ्रान्ससँग बाहिरी गाउँ बजारसँग जोड्ने वा छुट्याउने रिङरोडको कुनापट्टि छ ।

अर्पान्टमेन्ट नजिकको सडकबाट साइरनको आवाज आइरहेको छ । अनि वरपर रहेका रेष्टुराँबाट खानाको बास्ना । यहीबीच ट्राओरे अर्पाटमेन्टको पाँचौं तलामा उक्लिन्छन्, ढोका खुल्छ । ढोका खोल्ने चाहिँ ट्राओरेका भाइ । जो आफ्ना दाजुलाई बाल्यकाल बिताएको घरमा स्वागत गर्न आतुर देखिन्छन् ।

कोठाभित्र मनग्गे तस्बिर छन् । त्यसमध्ये ट्राओरेका गिनियन पिता र लेबनानी माताको तस्बिर पनि छ । सँगै ट्राओरेका हजुर बुवाआमाका तस्बिर पनि झुन्डिएको छ । यो कोठाबाट बाहिरको हेर्दा विशाल स्पोर्टस कम्प्लेक्स देखिन्छ । जहाँ कृत्रिम घाँसयुक्त दुई ठूला फुटबल मैदान छ ।

‘यहीं हो हाम्रो क्याम्प नोउ र एनफिल्ड,’ ट्राओरे भन्छन्, ‘जब हामी बच्चै थियौं, तब बिहान-बिहान पर्खाल नाघेर हामी मैदानभित्र छिर्थ्यौं । फ्रि-किक अभ्यास गरिन्थ्यो । विद्यालयअघि र पछि हामी केवल फुटबलमा रमाउँथ्यौं,’ ट्राओरे विगत सम्झिन्छन् ।

कतारी भूमिमा भएको विश्वकपमा ३० खेलाडी यस्ता थिए, जो पेरिस सहरमा जन्मिएका थिए । विश्व फुटबललाई एकसेएक प्रतिभा दिएका अन्य दुई सहरसँग यो तथ्यांक तुलना गरौं । साओ पाउलोमा जन्मिएका र लन्डन जन्मभूमि भएका ८ खेलाडी यो विश्वकपमा थिए ।

अभ्यास पनि अलि-अलिमात्र होइन, निकै धेरै । किन ? अभ्यास नै यो पृष्ठभूमिका बच्चाका लागि एउटै विकल्प हो, जसले विश्व फुटबलमा उनीहरूलाई डोर्याउँछ । यसको उदाहरण हुन्, ट्राओरे । ३५ वर्षीय ट्राओरेले कुल २५० व्यावसायिक खेल खेलेका छन् बुन्डेसलिगाका चार फरक क्लबबाट । गिनीका उनी सन् २०१९ मा अफ्रिका कप अफ नेसन्समा राष्ट्रिय टिमको कप्तान थिए ।

विश्व फुटबलमा स्थापित धेरै खेलाडीले आफ्ना आदर्शलाई टेलिभिजनमा देखेका हुन्छन् । ट्राओरेचाहिँ यस्ता खेलाडी हुन्, जो वरपरबाटै प्रभावित भए । ‘हामीले गाब्रियल ओबर्टनलाई सडकमा खेलेको देखेका हौं । पछि उनी म्यानचेस्टर युनाइटेड पुगे । युनाइटेड जस्ता ठूला क्लबबाट खेल्ने हरेकको सपना हुन्छ । झन् आफ्नै ठाउँको कोही त्यहाँ पुग्यो भने हामीलाई बढी ऊर्जा मिल्छ,’ ट्राओरे भन्छन् ।

बात मार्दामार्दै साँझको ४ बज्यो । ट्राओरेको घरछेउको फुटबल मैदान अब बालबालिका र प्रशिक्षकहरूले भरिएको छ । यीमध्ये धेरै एस्टन भिल्लाका मौसा डियाबी, आर्सनलका पूर्वसदस्य निकोलस पेपे र मोनाकोका मिडफिल्डर युसुफ फोफानाको पथमा अघि बढ्न सक्छन् । किनभने उनीहरू पनि कुनै बेला यसरी नै यो मैदानमा अभ्यास गर्थे । जसको मालिक हुन् दुई स्थानीय क्लब इस्पेरान्स पेरिस र सोलिटारे पेरिस ।

अब सन् २०२२ को विश्वकपको कुरा गरौं ।

कतारी भूमिमा भएको विश्वकपमा ३० खेलाडी यस्ता थिए, जो पेरिस सहरमा जन्मिएका थिए । विश्व फुटबललाई एकसेएक प्रतिभा दिएका अन्य दुई सहरसँग यो तथ्यांक तुलना गरौं । साओ पाउलोमा जन्मिएका र लन्डन जन्मभूमि भएका ८ खेलाडी यो विश्वकपमा थिए ।

आफ्नो करियरमा ट्राओरे जहाँसम्म पुग्न सके, त्यसको सुरुवात उनले कहाँबाट गरे ? जरुर, एउटा फुच्चे प्रतियोगिताबाट । जहाँ उनलाई एक स्काउटले पहिचान गर्यो ।

३० मध्ये ११ पर्सियाली फ्रान्सको टिममा थिए । विश्वकप फाइनलमा अर्जेन्टिनासँग हारेको फ्रान्समा समाहित नभएका बाँकी १९ खेलाडी भने आठ टिममा छरिएका थिए । जस्तै मोरोक्को, ट्युनिसिया, सेनेगल, घाना, क्यामरुन, पोर्चुगल, जर्मनी र कतार ।

पेरिसमा नजन्मिएको भए पनि त्यही सहर या वरपर हुर्किएका खेलाडीको सूची छोटो छैन । यो सूचीमा थिएरी अनरी, एन्गोलो कान्टे र पाउल पोग्बा पनि छन् । रियाद माहरेज पनि पेरिसमै हुर्केबढेका हुन् । यस्तोमा प्रश्न उब्जिन्छ, के पेरिस त्यो सहर हो, जसले सर्वाधिक फुटबल प्रतिभा जन्माउँछ ?

कुनै एक जमानामा फ्रान्सले उत्तर तथा पश्चिम अफ्रिकाका धेरै देशमा साम्राज्य विस्तार गर्यो । आजका दिनमा तिनलाई गजबको फुटबल प्रेम भएको देश मानिन्छ । ती देशबाट बसाइँ सरेर फ्रान्स पुगेका धेरैजसो इल डे फ्रान्समा बस्छन् । फ्रान्सको यो क्षेत्र देशका १८ क्षेत्रमध्ये सर्वाधिक जनसंख्या भएको क्षेत्र हो । राजधानी पेरिससमेत यहीं पर्छ । यही क्षेत्रका अधिकांश फुटबल स्टार फ्रान्सेली टोलीमा छन् ।

ट्राओरे पनि पेरिसमै जन्मिएका हुन् । केही समयका लागि गिनी पुगे । पछि आमा र अन्य सहोदरसँग पेरिस फर्किए । त्यसबेला उनको उमेर थियो ४ वर्ष । ‘हामी हुर्किएको यो ठाउँमा पहिलेबाटै उत्तर अफ्रिकाका धेरै मान्छे थिए । उत्तर अफ्रिकी बालक तथा किशोर सडकमा फुटबल खेल्थे । उनीहरूलाई हामी वास्तविक प्रतिभा मान्थ्यौं,’ ट्राओरे सम्झिन्छन्, ‘सँगै सेनेगल, गिनी, माली जस्ता देशकाहरू पनि फुटबल खेल्थे । ग्रीष्म ऋतुका बेला हुने एफ्कन खेल्न हामी सबै अफ्रिका फर्कन्थ्यौं । यहींका खेलाडी गिनी, आइभरी कोस्ट जस्ता देशको टिममा एकजुट हुन्थे । जहाँ हुर्के बढे पनि अन्ततः आफ्नो देशका लागि खेल्न गइन्थ्यो । यस्तो दृश्यले फरक अनुभूति गराउँथ्यो,’ ट्राओरे भन्छन् ।

आफ्नो करियरमा ट्राओरे जहाँसम्म पुग्न सके, त्यसको सुरुवात उनले कहाँबाट गरे ? जरुर, एउटा फुच्चे प्रतियोगिताबाट । जहाँ उनलाई एक स्काउटले पहिचान गर्यो । अनौपचारिक यो प्रतियोगिता ट्राओरेका लागि एउटा मञ्च साबित भए पनि आखिरमा उनी फुल्नुको अरू धेरै कारण थिए । मुख्य त त्यहाँका वातावरण थियो । फ्रान्सका स्थानीय निकायले हरेक बस्तीमा फुटबल मैदान निर्माण गर्ने योजना पनि ट्राओरे फक्रन चाहिने अर्को मुख्य मल थियो ।

‘यी क्षेत्रमा हुर्कनेहरूमा अनौठो हठ हुन्छ । उनीहरू फुटबलमा स्थापित हुन चाहन्छन् । फेरि फुटबलले सबैथोक दिन्छ पनि । मभन्दा माथि धेरै दाइहरू थिए । जब म फुटबल खेल्न थालें, समाजमा म उनीहरूभन्दा बढी चिनिन थालें । जसकारण छाती फुलाएर हिँड्न थाले,’ बासोङ भन्छन् ।

पेरिस महानगरबाहिरका सबै साना बजार र बस्तीमा मैदान बनाइनुको कारण थियो, त्यहाँका बच्चाहरूलाई कुलतबाट बच्न मद्दत गर्नु । फुटबल मैदान भए त उनीहरू सडक केन्द्रित हुँदैनन् नि । सरकारले यही सोच्यो । मैदानको सहज पहुँच भएपछि बढीभन्दा बढी किशोर फुटबलतर्फ आकर्षित हुने भए ।

‘घरबाट तल ओर्लंनासाथ फुटबल मैदान भएपछि हामी फुटबल खेल्ने नै भयौं,’ पेरिस महानगरबाहिर रहेको सिन सेन्ट डेनिस क्षेत्रको क्लब एफसी मोन्टेफेरमिलका निर्देशक अब्देलाजिज काद्दुर भन्छन् । सेन्ट डेनिस अझ पनि यस्तो क्षेत्र हो, जहाँ अपराध र बेरोजगारीको दर उच्च छ ।

अब्देलाजिज र उनको क्लब मोन्टेफेरमिलकै रेखदेखमा विलियम सलिबा आज विश्वकै उत्कृष्ट रक्षकमध्ये एक भएका हुन् । हाल आर्सनलमा रहेका सलिबा एएस बोन्डीबाट मोन्टेफेरमिल गएका थिए । बोन्डी त्यही क्लब हो, जहाँ फुच्चे केलियन एम्बाप्पे फुटबल सिक्थे ।

‘यो क्षेत्रमा बच्चाहरू दिनभर नै फुटबल खेल्छन् । यो पनि भनिहालौं यता बनाइएका फुटबल मैदान आकारमा साना छन् । साना मैदानमा खेल्दा खेलाडीले धेरै पटक बल छुन्छन् । जसले उनीहरूलाई अन्ततः गजबको ड्रिब्लर बनाउँछ । उनीहरू द्रुत गतिमा खेल्नसक्ने बन्छन्,’ अब्देलाजिज भन्छन् ।

‘त्यसमाथि उनीहरूको चरित्र यसरी विकास हुन्छ कि उनीहरू फुटबलबाटै जीवनयापन गर्नुपर्छ भन्ने निक्र्योलमा पुग्छन् । उनीहरू सानो हुँदा सोध्यो भने सबैको जवाफ यही हुन्छ, हामी जसरी पनि व्यवासायिक फुटबलर बन्न चाहन्छौं,’ अब्देलाजिज भन्छन्, ‘यो त्यसै पनि सजिलोसँग जीवनयापन गर्न सकिने ठाउँ होइन । धेरै परिवार आर्थिक कठिनाइबाट गुज्रिरहेका हुन्छन् । जसले गर्दा बच्चाहरूमा जसरी नि सफल हुनुपर्छ भन्ने मानसिकता विकास गराउँछ ।’

टोटनहम, न्युकासल जस्ता क्लबबाट खेलेका सेबेस्टियन बासोङले डेउइल इन्घेइनबाट करियर सुरु गरेका थिए । पेरिसको उत्तरी क्षेत्रमा पर्ने भाल डे ओइसको यो क्लबमा नाम कमाएकै कारण बासोङ इङलिस प्रिमियर लिग पुग्न सकेका थिए । पेरिस महानगरभित्र नपर्ने तर वरपर रहेका बस्तीहरूमा बस्ने हरेकको डीएनएमा फुटबल रहेको बताउँछन् बासोङ ।

‘यी क्षेत्रमा हुर्कनेहरूमा अनौठो हठ हुन्छ । उनीहरू फुटबलमा स्थापित हुन चाहन्छन् । फेरि फुटबलले सबैथोक दिन्छ पनि । मभन्दा माथि धेरै दाइहरू थिए । जब म फुटबल खेल्न थालें, समाजमा म उनीहरूभन्दा बढी चिनिन थालें । जसकारण छाती फुलाएर हिँड्न थाले,’ बासोङ भन्छन् ।

बासोङ १३ वर्षकै उमेरमा क्लेयरफोन्टाइन पुगेका थिए । यो यस्तो एकेडेमी हो, जसले अनरी र निकोलस एनेल्का जस्ता फरवार्ड जन्माएको छ । इल डे फ्रान्स क्षेत्रमा क्लेयरफोन्टाइनलाई सबैभन्दा उत्कृष्ट एकेडेमी मानिन्छ ।

मोन्टेफेरमिलका निर्देशक अब्देलाजिज ठूला युरोपेली क्लबका स्काउटहरूको नजर फ्रान्सेली प्रतिभामाथि बढ्ने क्रम बढेको बताउँछन् । उनका अनुसार खेलाडीहरूको खेल हेर्न रंगशालामा परिवारका सदस्यभन्दा धेरै स्काउट हुने गरेका छन् ।

‘हामी त यसलाई फुटबलको हावर्ड भन्छौं । म आफैंले पनि फुटबलको धेरैजसो ज्ञान त्यही एकेडेमीमा सिकेको हो । त्यहाँभित्र फुटबलमात्र सोच्ने हो । फुटबल नै पिउने, ओछ्यानमा पनि बल छेउमा राखेर सुत्ने गरिन्थ्यो । यी चिजभन्दा पनि महत्त्वपूर्ण के भने हामीलाई त्यहाँ अनुशासित हुन सिकाइयो,’ बासोङको भनाइ छ ।

हरेक किशोर बासोङ जस्तो भाग्यमानी हुँदैनन् । जो क्लेयरफोन्टाइनमा छानिँदैनन् । उनीहरूले आफ्नो प्रतिभाको विकास फेरि पनि तल्लो स्तरका लिगमै गर्नुपर्छ । इल डे फ्रान्समा मात्र एक हजारभन्दा बढी अर्धव्यावसायिक क्लब छन् । खेलाडीको संख्या त २ लाख ७० हजार छ । इल डे फ्रान्सको अर्धव्यावसायिक लिग असाध्यै प्रतिस्पर्धात्मक छ ।

‘फ्रान्सेली फुटबलमा दरिएका खेलाडी वा युरोपेली लिगमा स्थापितहरू के भन्छन् भने उनीहरूको जीवनमा इल डे फ्रान्सको अनुभवले एकदमै मद्दत गरेको छ,’ यो लिगका अध्यक्ष जामेल सान्डाक भन्छन्, ‘फ्रान्सको उमेर समूहका टिमहरूमा धेरैजसो हाम्रै खेलाडी त छन् । यहाँका धेरै टिम उपल्लो लिगमा छन् । विश्वका धेरै ठाउँबाट हाम्रा खेलाडी स्काउटिङ गर्न स्काउट आइपुग्छन् ।’

फ्रान्समा विदेशी स्काउटको उपस्थिति बढ्नुको सन्देश यही हो, धेरै खेलाडी युरोपका अन्य ठूला लिगमा पुग्नेछन् । जसरी हालैका वर्षमा इब्राहिम कोनाटे लिभरपुल पुगेका छन् भने एक्सल डिसासी चेल्सीसँग आबद्ध भएका छन् । कोनाटे त लिभरपुलका खेलाडी बन्नासाथ आफ्नो जर्सी बोकेर आफ्नो बस्तीमा फर्किए । उनलाई हेर्ने समर्थकको भीड थियो ।

पेरिस क्षेत्रको सबैभन्दा ठूलो क्लब पिएसजी हो । पिएसजीबाहेक अर्को ठूलो क्लब यहाँ छैन । च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ पिएसजीले फ्रान्स बाहिरबाट महँगा–महँगा खेलाडी किन्ने गरेको थियो । यसको फाइदा विशेषगरी इङलिस क्लबहरूलाई भयो, जसले फ्रान्सका स्थानीय प्रतिभा खरिद गर्न पाएको थियो ।

जम्मा एकपल्ट च्याम्पियन्स लिग फाइनल पुगेको पिएसजी बायर्न म्युनिखसँग हारेको थियो । फाइनलमा गोल गर्ने अरू कोही नभएर फ्रान्सेली फरवार्ड किङ्स्ले कोमान थिए । जसलाई पिएसजीले एक विन्दुमा बायर्न जान दिएको थियो ।

कोमान १८ वर्षको हुँदा बायर्न पुगेका थिए । तीन करोडभन्दा बढी मूल्यमा ब्राजिलका लुकास मौउरालाई खरिद गरेपछि पिएसजीले कोमानलाई सित्तैमा बायर्न जान दिएको थियो । प्रतिभावान खेलाडी उत्पादन गर्ने आफ्नो एकेडेमीलाई वास्ता नगरेको आरोप खेपेको पीएसजीले अब भने रणनीति परिवर्तन गरेको बताइरहेको छ । यसको प्रमाण हुन्, वारेन जायर एम्री । १७ वर्षीय उनी यो सिजन पिएसजीको मिडफिल्ड सम्हालिरहेका छन् ।

मोन्टेफेरमिलका निर्देशक अब्देलाजिज ठूला युरोपेली क्लबका स्काउटहरूको नजर फ्रान्सेली प्रतिभामाथि बढ्ने क्रम बढेको बताउँछन् । उनका अनुसार खेलाडीहरूको खेल हेर्न रंगशालामा परिवारका सदस्यभन्दा धेरै स्काउट हुने गरेका छन् ।

‘जब म स्काउटिङ करियरको सुरुवाती दिनमा थिएँ, तब म पेरिस क्षेत्रमा धेरै केन्द्रित हुन्थे । अब यसो गर्न गाह्रो छ । किनभने यहाँ विदेशी स्काउटको बाढी आएको छ । हरेक एउटा यस्तो किशोरको खोजीमा रहन्छन् जो रातारात स्टार बन्न सकोेस् । पेरिस स्काउटहरूको जंगल बनेको छ । कोही खेलाडी मन परेर उसको परिवारसँग कुरा गर्न गएँ, उनीहरूकहाँ विदेशी स्काउट पुगिसकेका छन् । जबकि खेलाडीको उमेर १२ वर्ष पनि नाघेको हुँदैन,’ पश्चिमी पेरिसमा रहने स्काउट जेनिफर मेन्डेलेविच भन्छिन् ।

मेन्डेलेविचलाई अनुभूति भइसकेको छ कि आफू हार्ने लडाइँमा छु । किनभने उनले एम्बाप्पेलाई आफ्नो बनाउन ठूला क्लबको संघर्ष देखेकी छन् । हालै फक्रिएका जायर एम्रीको खेलको साक्षी पनि बनेकी उनलाई राम्रोसँग थाहा छ, पेरिसमा चलिरहेको लडाइँ दुनियाँको कुनै भागमा चलिरहेको लडाइँभन्दा कम छैन ।