कोशी प्रदेश ट्रफी

कोशी र सुदूरपश्चिमको विजयी सुरुआत

विराटनगर । मंगलबारदेखि विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सुरु भएको कोशी प्रदेश ट्रफी पेप्सी नेसनल राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा कोशी र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् ।

पहिलो खेलमा घरेलु टोली कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गर्यो ।

कोशीले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पाएको कर्णाली १८.३ बलमा १०२ रनमा समेटियो । कर्णालीका लागि हिमान्सु सुवेदीले ३४, दिनेश अधिकारीले ११ रन र दिवान पुनले १० रन बनाए ।

कोशीका लागि दिपेश कंडेल र श्रवण यादवले समान तीन तथा फिर्दोस अन्सारीले दुई वकेट लिए ।

त्यअघि टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै विकेट गुमाई १४० रनको योगफल तयार पार्यो । कोशीका लागि कप्तान अंकित सुवेदीले ३६ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरे । यसैगरी सुजन थपलियाले ३८ समिर कार्कीले २० र दिपेश कँडेलले १४ रन जोडे ।

कर्णालीका अनुज चनाराले दुई तथा प्रकाश जोशी, युनिस ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान एक विकेट लिए ।

दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४० रनले हरायो ।

सुदूरपश्चिमले प्रस्तुत गरेको १७३ को लक्ष्य पछ्याएको लक्ष्य पछ्याएको गण्डकील १७.४ ओभरमा १३२ रनमा समेटियो । गण्डकीका लागि दिपक डुम्रेल ४०, इश्वर क्षेत्रीले १८, समिर कँडेलले १४ रन, सन्दीप क्षेत्रीले १२ रन र गोविन्द विकले ११ रनको योगदान दिए ।

सुदूरपश्चिमका लागि हेमन्त धामीले तीन तथा नारायण जोशी, शेर मल्ल र नरेन साउदले समान दुई विकेट लिए ।

त्यसटस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाई १७२ रनको योफल तयार पार्यो । सुदूरपश्चिमका लागि नरेश भट्टले ४६ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ६२ रनको योगदान गरे ।

यसैगरी किरण ठगुन्नाले २० बलमा पाँच छक्का र तीन चौकाको मद्दतले अविजित ५३ र खडक बोहोराले ४१ रन बनाए । गण्डकीका अमित गुरुङ र सन्दिप क्षेत्रीले समान एक विकेट लिए ।