माघ २, २०८२ शुक्रबार | २३:४३:२१
एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि

साविक विजेता सद्भावलाई एक स्ट्रोकको अग्रता

काठमाडौं  । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सद्भाव आचार्य एक स्ट्रोकको अग्रताका साथ शीर्ष स्थानमा उक्लिएका छन् ।

साविक विजेता सद्भावले मंगलबार १-अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३-अन्डर १३३ सहित प्रोफेसनल गल्फर धनबहादुर थापालाई पछि पारेका हुन्। दोस्रो दिन १-अन्डर ६७सहित समग्रमा २-अन्डर १३४ का साथ धन दोस्रो स्थानमा उक्लिए।

पुर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले समग्रमा १-अन्डर ३५ को नतिजासहित संयुक्तरुपमा तेस्रो स्थान बाँडे। रविले  २-अन्डर ६६ र रामेले २-ओभर ७० मा दोस्रो दिनको खेल सकाए।

२-अन्डर ६६ स्कोर गरेका दिनेश प्रजापती समग्रमा इभन-पार १ ३६ सहित पाँचौ स्थानमा रहेका छन् । समग्रमा २-ओभर १३८ सहित जयराम श्रेष्ठ र भुवन नगरकोटीले छैटौं स्थान बाँडे। जयरामले १-अन्डर ६७ र भुवनले ३-ओभर ७१ मा आजको खेल सकाए। ३-ओभरको खराब प्रदर्शनमा भुवन तेस्रो स्थानबाट छैटौं स्थानमा तल झरे।

यसैगरी ३-ओभर १ सय ३९ स्कोरमा सञ्जय लामा, दीपक थापा र सूर्य प्रसाद शर्मा संयुक्तरुपमा आठौं‌ स्थानमा रहे। सञ्जयले दोस्रो दिनको उत्कृष्ट कार्ड बनाउँदै ३-अन्डर ६५ मा खेल सकाए। दीपकले इभन-पार ६८ र सूर्यले १-ओभर ६९ को स्कोर दर्ज गरे।

एमेच्योरतर्फ टासी छिरिङ र राहुल विके समग्रमा ६-ओभर १ सय ४२ सहित संयुक्तरुपमा दोस्रो स्थानमा छन् । दुवैले आज ३-ओभर ७१ को स्कोर बनाए। उनीहरू लिडर सद्भाव भन्दा नौ स्ट्रोकले पछि छन् ।

३६ होलको समाप्तीमा १९-ओभर १ सय ५५ सम्म‌ स्कोर गरेका २१ प्रोफेसनल र  तीन एमेच्योर गरी कुल २४ जनाले कट बनाएका छन् । कृष्णमान राजबाहक, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारी, विष्णु प्रसाद शर्मा, प्रदीप कुमार लामा, टंक बहादुर कार्की, भुवन कुमार रोक्का, वसन्त राज गुरुङ, पशुपति शर्मा, धुव्र केसी, किसन कालीराज सुनार र विकास अधिकारीले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे।

उपाधि रक्षा गर्ने लक्ष्यमा रहेका युवा एमेच्योर सदभावले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। पहिलो र चौथो होलमा बर्डी प्रहार गरे। तर पाँचौँ होलमा डबल बोगी र सातौं होलमा बोगीको सामना गरे। सदभावले ब्याक नाइन भने २-अन्डर ३२ मा पुरा गरे। ५-पारको १०औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं होलमा बर्डी प्रहार गरे। १४औं होलमा भने एक सट खेर फाले।

धनले दोस्रो होलको बोगीकाविरूद्ध तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १-अन्डर मा सकाए। यसपछि १२औं होलमा बोगी र १३औं होलको बर्डीले ब्याक नाइनमा इभन-पार ३४ को स्कोर निकाले।

दोस्रो र चौथो होलको बर्डीमा रविले फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे। यसपछि १५औं होलमा एक सट खेर फाल्दा १८औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३४ मा सकाए।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate