चैत्र ८, २०८२ आइतबार | ००:४६:३१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

साविक विजेता सद्भावलाई एक स्ट्रोकको अग्रता

काठमाडौं  । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सद्भाव आचार्य एक स्ट्रोकको अग्रताका साथ शीर्ष स्थानमा उक्लिएका छन् ।

साविक विजेता सद्भावले मंगलबार १-अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३-अन्डर १३३ सहित प्रोफेसनल गल्फर धनबहादुर थापालाई पछि पारेका हुन्। दोस्रो दिन १-अन्डर ६७सहित समग्रमा २-अन्डर १३४ का साथ धन दोस्रो स्थानमा उक्लिए।

पुर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले समग्रमा १-अन्डर ३५ को नतिजासहित संयुक्तरुपमा तेस्रो स्थान बाँडे। रविले  २-अन्डर ६६ र रामेले २-ओभर ७० मा दोस्रो दिनको खेल सकाए।

२-अन्डर ६६ स्कोर गरेका दिनेश प्रजापती समग्रमा इभन-पार १ ३६ सहित पाँचौ स्थानमा रहेका छन् । समग्रमा २-ओभर १३८ सहित जयराम श्रेष्ठ र भुवन नगरकोटीले छैटौं स्थान बाँडे। जयरामले १-अन्डर ६७ र भुवनले ३-ओभर ७१ मा आजको खेल सकाए। ३-ओभरको खराब प्रदर्शनमा भुवन तेस्रो स्थानबाट छैटौं स्थानमा तल झरे।

यसैगरी ३-ओभर १ सय ३९ स्कोरमा सञ्जय लामा, दीपक थापा र सूर्य प्रसाद शर्मा संयुक्तरुपमा आठौं‌ स्थानमा रहे। सञ्जयले दोस्रो दिनको उत्कृष्ट कार्ड बनाउँदै ३-अन्डर ६५ मा खेल सकाए। दीपकले इभन-पार ६८ र सूर्यले १-ओभर ६९ को स्कोर दर्ज गरे।

एमेच्योरतर्फ टासी छिरिङ र राहुल विके समग्रमा ६-ओभर १ सय ४२ सहित संयुक्तरुपमा दोस्रो स्थानमा छन् । दुवैले आज ३-ओभर ७१ को स्कोर बनाए। उनीहरू लिडर सद्भाव भन्दा नौ स्ट्रोकले पछि छन् ।

३६ होलको समाप्तीमा १९-ओभर १ सय ५५ सम्म‌ स्कोर गरेका २१ प्रोफेसनल र  तीन एमेच्योर गरी कुल २४ जनाले कट बनाएका छन् । कृष्णमान राजबाहक, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारी, विष्णु प्रसाद शर्मा, प्रदीप कुमार लामा, टंक बहादुर कार्की, भुवन कुमार रोक्का, वसन्त राज गुरुङ, पशुपति शर्मा, धुव्र केसी, किसन कालीराज सुनार र विकास अधिकारीले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे।

उपाधि रक्षा गर्ने लक्ष्यमा रहेका युवा एमेच्योर सदभावले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। पहिलो र चौथो होलमा बर्डी प्रहार गरे। तर पाँचौँ होलमा डबल बोगी र सातौं होलमा बोगीको सामना गरे। सदभावले ब्याक नाइन भने २-अन्डर ३२ मा पुरा गरे। ५-पारको १०औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं होलमा बर्डी प्रहार गरे। १४औं होलमा भने एक सट खेर फाले।

धनले दोस्रो होलको बोगीकाविरूद्ध तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १-अन्डर मा सकाए। यसपछि १२औं होलमा बोगी र १३औं होलको बर्डीले ब्याक नाइनमा इभन-पार ३४ को स्कोर निकाले।

दोस्रो र चौथो होलको बर्डीमा रविले फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे। यसपछि १५औं होलमा एक सट खेर फाल्दा १८औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३४ मा सकाए।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो