अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृंखला

वर्षा बाधक बन्दा नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रोकियो

काठमाडौं । अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृंखला अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको हाे ।

 खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इएटन ३४ र जिन ग्रिन ११ रन बनाएर खेलिरहेका थिए । 

भारी वर्षा हुँदा खेल प्रभावित हुने देखिन्छ । खेल रद्द भएमा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ । सामान्य अन्तरले पराजित हुँदा पनि नेदरल्यान्ड्स नेटरनरेटमा अगाडि  रहँदै फाइनलमा पुग्नेछ ।

नामिबियाले फाइनलमा स्थान बनाउन विशाल जित निकाल्नुपर्ने हुन्छ । नेपाले भने चार खेलमा समान दुई जित र हारसहित चार अंकका साथ फाइनलमा स्थान बनाइसकेको छ । फाइनल मंगलबार हुनेछ ।