टेस्ट शृंखला

पहिलो टेस्टमा अस्ट्रेलिया विजयी

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डविरुद्ध टेस्ट शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया १७२ रनले विजयी भएको छ ।

वालिङटनस्थित बसिन रिजर्भ क्रिकेट मैदानमा अस्ट्रेलियाले प्रस्तुत गरेको ३६९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९६ रनमै समेटियो ।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले १०५ बलमा आठ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी ड्यारिल मिचेलले ३८, स्कट कुग्गेलिजनले २६ र हेनरी म्याछले १५ रन बनाए ।

अस्ट्रेलियाका लागि नाथन लायनले ६,जोश हेजउडले दुई तथा ट्रभिस हेड र क्यामरुन ग्रिनले समान एक विकेट लिए ।

दोस्रो इनिङमा १६४ रनमै समेटिएपछि न्युजिल्यान्डले ३६९ रनको लक्ष्य प्राप्त गरेको थियो ।अस्ट्रेलियाका लागि नाथन लायनले ४१, क्यामरुन ग्रिनले ३४, ट्रभिस हेडले २९, उस्मान ख्वाजाले २८ र मिचेल स्टार्चले १२ रन बनाए । 

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले पाँच, म्याट हेनरीले तीन र टिम साउथीले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो इनिङमा ३८३ रन बनाएको थियो । १७९ रनमै समेटिएपछि न्युजिल्यान्ड पहिलो इनिङमा २०४ रनले पछि परेको थियो । 

जितसँगै अस्ट्रेलियाले दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो तथा अन्तिम खेल शुक्रबारदेखि सुरु हुनेछ । शृंखलाको दोस्रो तथा अन्तिम खेल शुक्रबारदेखि सुरु हुनेछ ।