दाङ क्रिकेट लिग

दाङ क्रिकेट लिगः दंगाली लायन्स र पुरनधारा च्यालेन्जर्स विजयी

घोराही। दाङ क्रिकेट संघको आयोजनमा घोराहीमा सोमबारबाट सुरु भएको दाङ क्रिकेट लिगको दोश्रो संस्करणमा दंगाली लायन्स र पुरनधारा च्यालेन्जर्स विजयी सुरुआत गरेका छन्। दंगालीले साविक विजेता घोराही टाइगर्सलाई तथा पुरनधाराले देउखुरी वारियर्सलाई पराजित गरे ।

पहिलो खेलमा दंगाली लायन्सले घोराही टाइगर्सलाई नौ विकेटले पराजित गर्यो।

 घोराही टाइगर्सले प्रस्तुत गरेको ११२ रनको लक्ष्य दंगाली लायन्सले १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो। दंगाली लायन्सका लागि सन्तोष कार्की र बसिर अहमदले समान ४५ रनको योगदान दिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घोराही टाइगर्सले १८.२ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको योगफल तयार पार्यो ।

घोराहीका लागि अर्जुन घर्तीले सर्वाधिक ३२, रबिन थापाले अविजित १४ तथा ब्रिशब सेन्चुरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

दंगाली लायन्सका लागि शंकर रानाले तीन, प्रकाश जैसी र वीरबहादुर घर्ती मगरले समान दुई तथा कप्तान विपिन खत्रीले एक विकेट लिए ।

दिनको दोश्रो खेलमा पुरनधारा च्यालेन्जर्सले देउखुरी वारियर्सलाई पाँच विकेटले पराजित गर्यो।

देउखुरीले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पुरनधाराले १२.३ ओभरमा पाँच विकेट गुमाउँदै पुरा गर्यो। पुरनधाराका लागि प्रनित थापाले २६, राजु रिजालले २०, रित गौतमले १८ तथा कृष्ण कार्कीले अविजित ११ रन योगदान दिए।

देउखुरीका लागि कप्तान विशालविक्रम केसीले तीन तथा सुभम खनाल र दीपक बोहराले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पार्यो ।

देउखुरीका  लागि आशिष ओलीले सर्वाधिक ३३, नारायण जोशीले २३ तथा विशालविक्रम केसीले १६ रन योगदान दिए।

पुरनधारा च्यालेन्जर्सका लागि दीपेन्द्र रावतले चार ओभरमा मात्र सात रन खर्चिए चार विकेट लिए । यसैगरी कृष्ण कार्की, मोहन खत्री र राजवीर सिंहले समान एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत  मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा दंगाली लायन्स र तुलसीपुर रोयल्स तथा दोश्रो खेलमा पुरनधारा च्यालेन्जर्स र घोराही टाइगर्स प्रतिस्पर्धा गर्नेछन् ।