अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

अस्ट्रेलियालाई एक खेल अगावै ट्वान्टी २० शृंखला

काठमाडौं । दोस्रो तथा खेलमा घरेलु टोली न्युजिल्यान्डलाई ७२ रनले पराजित गर्दै अस्ट्रेलियाले एक खेल अगावै अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला आफ्नो पक्षमा पारेको छ । 

यस जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । 

अकल्यान्डस्थित इडेन पार्कमा शुक्रबार अस्ट्रेलियाले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७ ओभरमा १०२ रनमै समेटियो । 

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ४२, ट्रेन्ट बोल्टले १६ र जोश क्लार्कसनले १० रन बनाए । 

अस्ट्रेलियाका लागि एडम जाम्पाले चार ओभरमा ३४ रन खर्चिदै चार विकेट लिए । यसैगरी नाथन एलिसले दुई तथा जोश हेजलउड र प्याट कमिंसले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल तयार पार्यो । 

अस्ट्रेलियाका लागि ट्रभिस हेडले ४५, प्याट कमिंसले २८, कप्तान मिचेल मार्शले २६, टिम डेविडले १७, नाथन एलिसले अविजित ११ र स्टिभ स्मिथले ११ रन बनाए । 

न्युजिल्यान्डका लागि लोकी फर्गुसनले ३.५ ओभरमा १२ रन खर्चिएर चार विकेट लिए । यसैगरी बेन सियर्स, मिचेल स्यान्टनर र एडम मिल्नेको नाममा समान दुई विकेट रह्यो ।

पहिलो खेलमा अस्ट्रेलिया ६ विकेटले विजयी थियो । शृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।