किरणकुमार लिम्बु

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण बुवा बने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु बुवा बनेका छन् ।

किरणले शुक्रबार सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै आफू बुवा बनेको जानकारी दिएका हुन् । किरणले ललितपुरस्थित मोडिसिडी अस्पतालमा छाेरा जन्मिएको जनाएका छन् ।

किरणले श्रीमति कञ्चन निरौला र बच्चाको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। किरणले गत वर्ष एयरहोस्टेस कञ्चनसँग विवाह गरेका थिए ।

‘माया र आशीर्वादको लागि सबैलाई धन्यवाद । हाम्रो संसारलाई खुशीले भर्दै सानो मान्छेले धर्तीमा पाइला टेकेको छ,’ किरणले फेसबुकमा लेखेका छन्, ‘संसारमा स्वागत छ, हाम्रो जुनियर ।’