मनमोहन स्मृति यु-१६ राष्ट्रिय क्रिकेट

मधेश च्याम्पियन

पोखरा । सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै मधेश प्रदेश मनमोहन स्मृति यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनलमा सुदूरपश्चिमले प्रस्तुत गरेको ८७ रनको लक्ष्य मेधशले २०.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

मधेशका लागि  परिमार्जन यादवले अविजित ३०, मोहम्मद अमौनले २० र प्रियांसु कर्णले १३ रन बनाए।  सुदूरपश्चिमका लागि डम्बर माझीले दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदू्ररपश्चिकमले २०.२ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनको योगफल तयार पार्यो । सुदूरपश्चिमका लागि विशाल विष्टले २४,  निराजन गौतमले १८ र सचिन साउदले १४ रन बनाए।

मधेसका लागि धिरेन्द्र पासवानले चार र रोहन यादवले तीन विकेट लिए। उपाधिसँगै मधेशले १ लाख रुपेयाँ प्राप्त गर्दा उपविजेता सुदूरपश्चिमले ५० हजार रुपैयाँ पायो ।

प्रतियोगितामा मधेश प्रदेशका चन्दन राम सर्वोकृष्ट खेलाडी घोषित हुँदा सुदूरपश्चिमका डम्बर माझी उत्कृष्ट बलर र मधेसका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर चुनिए ।

प्रतियोगितामा सात प्रदेश र आयोजकको एक गरी आठ टोलीको सहभागिता थियो ।