एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदान

एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन सर्यो

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्ण भइररहेको एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन कार्यक्रम सरेको छ ।

नेपालमा चलिरहेको आइसीसी विश्वकप लिग २ र ट्वन्टी २० प्रतियोगिताका कारण केहि भूतपूर्व खेलाडीको अनुपलब्धता र व्यस्त अन्तर्राष्ट्रिय कार्यक्रमका कारणले गर्दा उद्घाटन कार्यक्रमलाई पूर्वनिर्धारित मितिमा हेरफेर गर्नुपर्ने परेको निर्माणकर्ता एक्स्ट्राटेक ओभल  प्रालि जनाएको छ ।

यसअघि मैदानको उद्घाटन फागुन १४ मा हुने भनिएपनि अब फागुन २८ गते हुने भएको छ ।

निर्माणकर्ता एक्स्ट्राटेक ओभल प्रालिले निजी क्षेत्रको लगानीमा नेपालमा पहिलो पटक बन्न लागेको मैदानको उद्घाटन विशेष कार्यक्रमसहित गर्ने तयारी गरिरहेको छ । उद्घाटनमा चार टोलीबीच टी १० प्रतियोगिता हुनेछ ।

नौं महिनाअघि विनोद कुँवर र सुदीक्षा गौतमले तिलोत्तमा वडा नम्बर १७ स्थित पूर्व दरखसवामा मैदानको सिलान्यास गरेका थिए ।