ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला

भारतविरुद्ध खेल्ने अफगानिस्तानको टोली घोषणा

काठमाडौं । घरेलु टोलीभारतविरुद्धको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाका लागि अफगानिस्तान टोलीको घोषणा भएको छ ।   अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले  इब्राहिम जाद्रनको कप्तानीमा १९ सदस्यी टोली घोषणा गरेको हो । 

राशिद खान र मुजिब उर रहमान टोलीमा फर्किएका छन् । भारत र अफगानिस्तानबीचको तीन खेलको ट्वान्टी २०  शृंखला जनवरी ११ बाट सुरु हुनेछ ।

अफगानिस्तान टोली 

इब्राहिम जद्रन (कप्तान), राशिद खान, मोहम्मद नाबी, रहमानुल्लाह गुर्बाज, इक्रम अलीखिल, हजरतुल्लाह जाजाइ, रहमत शाह, नजिबुल्लाह जद्रन,करिम जनात, अजमातुल्लाह ओमरजाई, शराफुद्दीन अशरफ, मुजिब उर रहमान, फजलहक फारुकी, फरिद अहमद, नवीन उल हक, नुर अहमद, मोहम्मद सलिम, कैस अहमद, गुलबदिन नैइब