चैत्र १३, २०८२ शुक्रबार | ०९:१०:२४
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

एन्फा बहुमत सदस्य मध्यपुर युथ कारबाहीको विपक्षमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्य सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब मध्यपुर युथ एसोसियनको पक्षमा उभिएका छन् ।

पुस २ गते बसेको एन्फाको कार्यसमिति बैठकले मध्यपुर युथलाई अनुशासनकाे कारबाही भन्दै फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको थियो ।

एन्फाको यहि निर्णयमा कार्यसमितिका ११ सदस्यले सयुंक्त हस्ताक्षरणसहित असहमती जनाएका हुन् ।

‘मध्यपुर युथ एसोसियसनको निर्णय सम्बन्धमा बचाउको मौका, स्पष्ट कानुनी आधार वेगर पूर्वाग्रहीपूर्ण ढंगले कुनै पनि फुटवल खेल गतिविधिमा सहभागिता नगराउने निर्णय एन्फा विधान विपरित छ,’ पत्रमा भनिएको छ ।

२३ कात्तिकमा हेटौंडामा भएको विशेष साधारणसभामा रोक्ने मध्यपुर युथका एक सदस्यले मुद्धा दायर गरेका थिए । यसपछि एन्फाले विधानविपरित अदालत गएको भन्दै मध्यपुरलाई अर्काे निर्णय नभएसम्मका लागि फुटबल गतिविधिबाट बाहिर राख्ने निर्णय सुनाएको थियो ।

त्यस निर्णयविरुद्ध वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी तथा सदस्यहरु रविन्द्र चन्द, रमेश ब्यञ्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल, पेमा डोल्मा लामा, मनिष जोशी र मणिराज विष्टले ऐक्यबद्धता जनाएका छन् ।

यसअघि संस्थापन पक्षतर्फ देखिएका जोशी र विष्टले पनि बहुमत सदस्यलाई साथ दिएका हुन् ।  

‘कार्यसमितिलाई एन्फाको सदस्य क्लबको फुटवल खेल गतिविधिमा सहभागीता हुने अधिकार खोस्ने कानुनी अधिकार छैन । जुन एन्फाको विधानको धारा १४ (१) (ङ) र (च) एन्फा सदस्यहरुको अधिकारमा प्रतियोगितामा भाग लिन र एन्फा गतिविधि सम्बन्धमा अधिकार सम्बन्धि सुनिश्चित गरेको छ, ’ नोट अफ डिसेन्टमा लखिएको छ ।

‘विधानको धारा १४ (१) (ङ) र (च)ले स्थापित गरेको अधिकार खोस्ने कानुनी आधार र व्यवस्था विधानमा नरहेकोले यस निर्णय कार्यसमितिको क्षेत्राधिकार भित्र पर्दैन अतः यो निर्णय नियम संगत छैन । मध्यपुर युथ एसोसिसनको सम्बन्धमा भएको अनधिकृत निर्णयमा हाम्रो असहमती छ । एन्फाको विधान र प्रचलित व्यवस्था अनुरुप मध्यपुर युथ एसोसिसनको हकमा भएको निर्णयमा हाम्रो असहमती भएकोले बदर गर्न अनुरोध छ,’ पत्रमा भनिएको छ ।

यसैगरी ९ सदस्यले एन्फा कार्यसमितिको निर्णय उपर नोट अफ डिसेन्ट दर्ता गराएका छन् । उनीहरुले १४ बुँदामा रहेर असहमती जनाएका हुन् । मध्यपुरको निर्णयविरुद्ध ऐक्यबद्धता जनाएका जोशी र विष्टले भने नोट अफ डिसेन्टमा साथ दिएका छैनन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो