पुस २७, २०८२ सोमबार | १४:०५:२३
अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका

एन्फा बहुमत सदस्य मध्यपुर युथ कारबाहीको विपक्षमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्य सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब मध्यपुर युथ एसोसियनको पक्षमा उभिएका छन् ।

पुस २ गते बसेको एन्फाको कार्यसमिति बैठकले मध्यपुर युथलाई अनुशासनकाे कारबाही भन्दै फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको थियो ।

एन्फाको यहि निर्णयमा कार्यसमितिका ११ सदस्यले सयुंक्त हस्ताक्षरणसहित असहमती जनाएका हुन् ।

‘मध्यपुर युथ एसोसियसनको निर्णय सम्बन्धमा बचाउको मौका, स्पष्ट कानुनी आधार वेगर पूर्वाग्रहीपूर्ण ढंगले कुनै पनि फुटवल खेल गतिविधिमा सहभागिता नगराउने निर्णय एन्फा विधान विपरित छ,’ पत्रमा भनिएको छ ।

२३ कात्तिकमा हेटौंडामा भएको विशेष साधारणसभामा रोक्ने मध्यपुर युथका एक सदस्यले मुद्धा दायर गरेका थिए । यसपछि एन्फाले विधानविपरित अदालत गएको भन्दै मध्यपुरलाई अर्काे निर्णय नभएसम्मका लागि फुटबल गतिविधिबाट बाहिर राख्ने निर्णय सुनाएको थियो ।

त्यस निर्णयविरुद्ध वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी तथा सदस्यहरु रविन्द्र चन्द, रमेश ब्यञ्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल, पेमा डोल्मा लामा, मनिष जोशी र मणिराज विष्टले ऐक्यबद्धता जनाएका छन् ।

यसअघि संस्थापन पक्षतर्फ देखिएका जोशी र विष्टले पनि बहुमत सदस्यलाई साथ दिएका हुन् ।  

‘कार्यसमितिलाई एन्फाको सदस्य क्लबको फुटवल खेल गतिविधिमा सहभागीता हुने अधिकार खोस्ने कानुनी अधिकार छैन । जुन एन्फाको विधानको धारा १४ (१) (ङ) र (च) एन्फा सदस्यहरुको अधिकारमा प्रतियोगितामा भाग लिन र एन्फा गतिविधि सम्बन्धमा अधिकार सम्बन्धि सुनिश्चित गरेको छ, ’ नोट अफ डिसेन्टमा लखिएको छ ।

‘विधानको धारा १४ (१) (ङ) र (च)ले स्थापित गरेको अधिकार खोस्ने कानुनी आधार र व्यवस्था विधानमा नरहेकोले यस निर्णय कार्यसमितिको क्षेत्राधिकार भित्र पर्दैन अतः यो निर्णय नियम संगत छैन । मध्यपुर युथ एसोसिसनको सम्बन्धमा भएको अनधिकृत निर्णयमा हाम्रो असहमती छ । एन्फाको विधान र प्रचलित व्यवस्था अनुरुप मध्यपुर युथ एसोसिसनको हकमा भएको निर्णयमा हाम्रो असहमती भएकोले बदर गर्न अनुरोध छ,’ पत्रमा भनिएको छ ।

यसैगरी ९ सदस्यले एन्फा कार्यसमितिको निर्णय उपर नोट अफ डिसेन्ट दर्ता गराएका छन् । उनीहरुले १४ बुँदामा रहेर असहमती जनाएका हुन् । मध्यपुरको निर्णयविरुद्ध ऐक्यबद्धता जनाएका जोशी र विष्टले भने नोट अफ डिसेन्टमा साथ दिएका छैनन् । 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||