ट्वान्टी २० विश्वकप

न्युजिल्यान्डलाई भारतको झिनो लक्ष्य

दुबई । आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा भारतले न्युजिल्यानडसामु एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा सात विकेट क्षतीमा एक सय १० रन मात्र जोड्योे । 

भारतका रविन्द्र जडेजाले अविजित २६, हार्दिक पाण्डेयाले २३,लाकेश राहुलले १८ र रोहित शर्माले १४ रन जोडे ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले तीन, इस सोडीले दुई तथा टिम साउथी र एडम मिल्नेले समान एक विकेट लिए ।

शीर्ष दुईमा बस्दै अघिल्लो चरण प्रवेशका लागि दुवै टोलीलाई जितको विकल्प छैन । 

पहिलो खेलमा भारत र न्युजिल्यान्ड पाकिस्तानसँग पराजित भएका थिए  ।

भारतले पाकिस्तानलाई १० विकेटको नतिजा सुम्पिएको थियो ।

 न्युजिल्यान्ड पनि पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो ।